अमेरिकी विद्युतीय कार निर्माता टेस्लाका सीईओ इलोन मस्कले अब छिटै नै टेस्लाका गाडीहरु मानवीय सहायता नचाहिने गरी पूर्णरुपमा स्वचालित हुने बताएका छन्।
मस्कले अबको एक वर्षभित्र टेस्लाको यस्ता गाडीहरु आउने बताएका हुन्।
मस्कले ब्राजिल भ्रमणको क्रममा यस्तो घोषणा गरेका हुन्।
यद्यपि मस्कले यसअघि नै अब पूर्णरुपमा स्वचालित कार आउने बताइसकेका छन्।
मस्कले सन् २०२३ को अन्तिमसम्ममा टेस्लाका १० लाखभन्दा धेरै स्वचालित गाडी ल्याउने दाबी गर्दै आएका छन्।
जेठ १२, २०७९, बिहीबार
प्रतिक्रिया