ad ad

प्रविधि


८ वर्ष भित्र ध्वनीभन्दा तीव्र गतिको विमानमा यात्रुलाई सेवा दिने अमेरिकी कम्पनीको घोषणा

८ वर्ष भित्र ध्वनीभन्दा तीव्र गतिको विमानमा यात्रुलाई सेवा दिने अमेरिकी कम्पनीको घोषणा

नेपालखबर
जेठ २२, २०७८ शनिबार ६:२१,

सुपरसोनिक विमानहरु ध्वनीभन्दा तीव्र गतिमा उड्ने क्षमताका विमान हुन्। युनाइटेडले विमान उद्योगमा सुपरसोनिक रफ्तारको पुनर्वहाली हुने जनाएको हो।

यसअघि पनि यात्रुहरुले सुपरसोनिक विमानमा चढेर यात्रा गरेका थिए। तर सन् २००३ मा एयर फ्रान्स र ब्रिटिस एयरवेजले कानकोर्ड नामक विमानको सेवा बन्द गरेपछि सुपरसोनिक विमानको सेवाहरु ठप्प भएका थिए।

बीबीसीका अनुसार युनाइटेड एयरलाइन्सले डेनवरस्थित बुम नामक कम्पनीको द ओभरचर विमानहरु खरिद गर्नेछ। यो कम्पनीले अहिले सुपरसोनिक विमानको परीक्षण गर्न थ.लागेको छ।

युनाइडेट एयरलाइन्सले आफ्नो सर्तमा बुमलाई सुरक्षाको पुरा मापदण्ड अपनाउन उल्लेख गरेको जनाएको छ।

अधिकारीहरुका अनुसार १८ हजार ३ सय मिटरको उचाईमा सुपरसोनिक विमानहरु प्रतिघण्टा एक हजार ६० किलोमिटरको रफ्तारमा उड्न सक्छन्।

इउटा सामान्य विमान प्रतिघण्टा ९ सय किलोमिटरको गतिमा उड्छ तर ओटरचर विमानभने १८ सय ५ किलोमिटर प्रतिघण्टा उड्ने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .