ad ad

प्रविधि


शुक्रग्रह कसरी आगोको गोला बन्यो भनेर अनुसन्धान गर्दै नासा, दुईवटा अभियान सञ्चालन गर्ने

शुक्रग्रह कसरी आगोको गोला बन्यो भनेर अनुसन्धान गर्दै नासा, दुईवटा अभियान सञ्चालन गर्ने

नेपालखबर
जेठ २०, २०७८ बिहिबार ११:५१,

अमेरिकी अन्तरिक्ष संस्था नासाले यो दशकको अन्त्यसम्ममा शुक्रग्रहबारे अध्ययन गर्न दुईवटा अन्तरिक्ष अभियान सञ्चालन गर्ने जानकारी दिएको हो।

नासाका अनुसार आफ्नो अभियानले शुक्रग्ह कसरी आगोको गोला बन्यो भनेर अनुसन्धान गर्नेछ।

वैज्ञानिकहरु पृथ्वीमा जीवन हुँदा पृथ्वी नजिकैको शुक्र किन आगोको गोला बन्यो भनेर अनुसन्धान गर्न आतुर छन्।

बीबीसीका अनुसार शुक्रग्रहको वातावरण तथा भौगोलिक विशेषताहरू परीक्षण गर्ने उद्देश्य लिइएको छ।

ती मिसनहरू प्रत्येकका निम्ति ५० करोड डलर बजेट प्राप्त हुनेछन्। सन् २०२८ र २०३० को बीचमा ती मिसन सञ्चालन हुनेछन्।

नासाका प्रशासक बिल नेल्सनका अनुसार ती मिसनहरूले वैज्ञानिक समुदायलाई ३० वर्षदेखि यता पहिलो पटक उक्त ग्रह अनुसन्धान गर्ने मौका दिनेछ।

यसअघि नासाले शुक्र ग्रहनजिक म्याजेलन मिसन सन् १९९० ताका पठाएको थियो।

त्यसपछि उक्त ग्रहको नजिक भएर अन्य यानहरूले यात्रा भने गरेका छन्।

सूर्यभन्दा दोस्रो स्थानमा रहेको शुक्रग्रह सौर्यमण्डलकै सबभन्दा तातो ग्रह हो।

त्यहाँको सतहको तापक्रम ५०० डिग्री सेल्सियस रहेको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .