प्रविधि

Subisu PackageSubisu Package

अब कम्प्युटर प्रणालीमा जाँदै केयुकेएलः जुनसुकै कार्यालयबाट महसुल तिर्न सकिने


नेपालखबर
काठमाडौँ , असार २२

काठमाडौँ उपत्यका खानेपानी लि (केयुकेएल) आगामी साउन १ गतेदेखि नेपाल टेलिकम र नेपाल विद्युत् प्राधिकरण जस्तै कम्प्युटर प्रणालीमा जाने भएको छ।

केयुकेएल कम्प्युटर प्रणालीमा गएपछि उपत्यकाका जुनसुकै कार्यालयबाट पानीको महसुल तिर्न सकिनेछ। साउनदेखि नै लिमिटेडका ‘मिटर रिडर’ ले पनि प्राधिकरणले जस्तै स्थलगत रुपमै ‘बिलिङ’ गर्ने प्रविधि प्रयोग गर्ने प्रवक्ता सुरेश आचार्यले राससलाई जानकारी दिए।

'छ महिनापछि घरमा मिटर रिडर ‘बिलिङ’ गर्न गएका बेला ‘बिलिङ’ यन्त्रमा ‘स्मार्ट कार्ड’ छिराएर उपभोक्ताले पैसा तिर्न सक्ने प्रविधि भित्रिँदैछ, यो प्रविधि सञ्चालनका लागि लिमिटेडका छ जना उच्च तहका अधिकृतलाई भारतको नयाँ दिल्लीमा तालिम लिन पठाइँदैछ, तालिमप्राप्त जनशक्तिले फर्किएर सबै कर्मचारीलाई यो प्रविधि सिकाउनेछन्' उनले भने।

केयुकेएलले मेलम्चीको पानी उपत्यकामा आएपछि वितरणका लागि दक्ष जनशक्ति पूर्ति गर्ने कामलाई पनि तीव्रता दिएको छ। हाल एक हजार कर्मचारी लिमा कार्यरत छन्। पानी सुन्दरीजल प्रशोधन केन्द्रमा झरिसकेपछि सञ्चालनका लागि प्राविधिकसहित ३०० कर्मचारी पूर्ति गरिएको छ। थप १२८ कर्मचारी पूर्तिका लागि विज्ञापन गरी परीक्षा सञ्चालन भइरहेको प्रवक्ता आचार्यले बताए।

नयाँ भर्ना भएका र भर्ना हुने प्रक्रियामा रहेकामध्ये ७८ प्राविधिक कर्मचारी छन्। हालसम्म मेलम्ची खानेपानी आयोजनाले असोजसम्म पानी ल्याई वितरण गर्ने लक्ष्य राखेकाले त्यसअघि नै कर्मचारी नियुक्ति गरिसक्ने गरी प्रक्रिया अघि बढिरहेको छ।

हाल दैनिक १३ करोड लिटर पानी वितरण गर्दै आएको केयुकेएलले मेलम्चीको १७ करोड लि पानी थपिएपछि ३० करोड लि पानी वितरण गर्नुपर्नेछ। मेलम्ची आएपछि पानी वितरण गर्न सक्ने गरी लिको सङ्गठनात्मक संरचना पुनरवलोकन अन्तिम चरणमा पुगेको उनले सुनाए।

केयुकेएलमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धिका लागि जापान अन्तर्राष्ट्रिय सहयोग संस्था (जाइका) को सहयोगमा तालिमको आयोजना गर्ने तयारी भएको छ। जनशक्तिको क्षमता वृद्धिकै लागि अस्ट्रेलियन वाटर युटिलिटीसँग पनि सहकार्यको पहल भइरहेको लिले जनाएको छ। रासस 

Bidhlabmobile bidhlab
असार २२, २०७४, बिहिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors