ad ad

प्रविधि


भारतको चन्द्रयान–२ अन्तिम समयमा स्थगन

भारतको चन्द्रयान–२ अन्तिम समयमा स्थगन

नेपालखबर
असार ३०, २०७६ सोमबार ७:३१,

यसबाट चन्द्रमामा अन्तरिक्ष यान ओराल्ने चौथो मुलुक बन्ने भारतको अभियानमा ढिलाई भएको भारतीय सन्चारमाध्यमले जनाएका छन्।

चन्द्रयान–२ नाम दिइएको यो अभियान भारतको महत्वाकाँक्षी अन्तरिक्ष कार्यक्रम हो। रुस, संयुक्तराज्य अमेरिका र चीनले आफ्ना अन्तरिक्ष यान चन्द्रमामा पठाइसकेका छन्।

सतिश धवन स्पेस सेन्टरबाट अन्तरिक्ष यान प्रक्षेपणको तयारी अन्तिम चरण थियो, तर आइतबार बिहान २.५१ बजे यान प्रक्षेपण कार्यक्रम एकाएक स्थगन गरियो।

प्रक्षेपण काउन्ट डाउनलाई ५६ मिनेट २४ सेकेन्डमा स्थगित गरिएको थियो।

यान प्रक्षेपण गर्नु एक घण्टा अघि प्रक्षेपण उपकरणमा सानो प्राविधिक समस्या देखिएको भारतीय अन्तरिक अनुसन्धान संस्था (इस्रो) ले जनाएको छ।

इस्रोले चन्द्रयानको प्रक्षेपण आजका लागि स्थगित गरिएको भएपनि आवश्यक जाँचपछि अर्को मिति घोषणा गरिने बताएको छ। इस्रोले चन्द्रमामा अन्तरिक्ष यान आगामी सेप्टेम्बर ६ मा पु¥याउने घोषणा गरेको थियो।

स्कुले बालबालिका समेत ठूलो संख्याका उत्साही व्यक्तिहरु चन्द्रयान प्रक्षेपण हेर्न प्रतिक्षा गरेका थिए। एक जना दर्शकले भने, के भएको हो हामीलाई थाहा छैन, र यसबाट हामी निकै बेखुशी भएका छौं।

भारतले चन्द्रयानको डिजाइन र निर्माणका लागि करिब १४ करोड अमेरिकी डलर खर्च गरेको थियो, र यसलाई सबैभन्दा सस्तो मानिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२२ सम्ममा मानव सहितको अन्तरिक्ष अभियान सफल बनाउने दृढता व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .