ad ad

प्रविधि


युट्युबले भिडियोमा डिसलाइकको संख्या नदेखाउने

युट्युबले भिडियोमा डिसलाइकको संख्या नदेखाउने

नेपालखबर
कात्तिक २६, २०७८ शुक्रबार ९:२६, काठमाडौँ

युट्युबले अब कुनै पनि भिडियोमा आएको डिसलाइकको संख्या नदेखाउने भएको छ। डिसलाइकको संख्या सबैले हेर्न मिल्दा यसबाट दुर्व्यवहार हुने क्रम बढेको भन्दै युट्युबले यस्तो निर्णय गरेको हो। 

युट्युबका अनुसार डिसलाइकको संख्या नदेखाए पनि यो बटम भने हटाइने छैन। प्रयोगकर्ताले मन नपरेको भिडियोमा डिसलाइक गर्न सक्छन् तर उक्त भिडियोमा आएको डिसलाइकको संख्या भने हेर्न पाउँदैनन्।

पछिल्लो समय युट्युबमा कुनै निश्चित समूहले नियोजितरुपमा नै डिसलाइक गर्ने क्रम बढेपछि युट्युबले यस्तो निर्णय गरेको हो। 

आम नागरिकको यस्तो क्रियाकलापले भिडियो राख्ने मानिसको मानसिक स्वास्थ्यमा पनि असर गर्न सक्ने युट्युबले बताएको छ। साथै डिसलाइकको संख्या देखाउँदा मानिसहरुलाई कसैमाथि प्रतिशोध साँध्न यसको प्रयोग गर्ने क्रम पनि बढ्न सक्ने भएकाले यसलाई लुकाइन लागेको युट्युबले बताएको छ। 

साना निर्माताहरुले युट्युबमा आफूहरुलाई नियोजितरुपमा डिसलाइकको आक्रमण हुने गरेको गुनासो गरेका थिए।

ठूला निर्माताको तुलनामा यस किसिमको आक्रमणबाट साना निर्माता धेरै प्रभावित बनेको युट्युबको निष्कर्ष छ। 

यसअघि इन्स्टाग्रामले पनि गलत असर परेको भन्दै फोटोमा आउने लाइकको संख्या लुकाउन थालेको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .