ad ad

कोशी


मुख्यमन्त्री नै भन्छन् : प्रदेशको नाम किरात नराखे देश विखण्डनमा जान्छ, ठूलो लडाइँ हुन्छ

मुख्यमन्त्री नै भन्छन् : प्रदेशको नाम किरात नराखे देश विखण्डनमा जान्छ, ठूलो लडाइँ हुन्छ

फाइल तस्बिर


नेपालखबर
साउन २, २०७९ सोमबार १९:२, विराटनगर

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश १ को नाम किरात नराखे देश विखण्डन सम्म पुग्ने बताएका छन्। 

प्रदेश १ को नाम किरात राख्न माग गर्दै स्मरण पत्र बुझाउन गएको किरात राई यायोख्खाको टोलीलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश १ को नाम  किरात नराखे ठूला ठूला लडाईं र झगडा हुने बताए। 

आफू किरातको पक्षमा रहेको भन्दै किरातको पक्षमा उठेको आन्दोलनमा मूलधारका पार्टी र नेताहरुले कम आँकेको बताए। 

‘अहिले मूलधारका पार्टी र नेताहरु पहिचानविरोधी नाम राख्न लागेका छन्', उनले भने, 'स्थिति खराब आयो भने तपाईंहरु सडकमा उत्रिन जरुरी छ। मेरो कार्यकाल मंसिरसम्म हो। मंसिरपछि आन्दोलन गर्न तपाईंहरुको साथमा आउने छु।’

प्रदेशको नाम किरात नराखे विस्तारै आन्दोलन उठेर भुसको आगो जसरी सल्किँदै जाने चेतावनी पनि दिए। ‘अहिले तत्कालै कत्रो आन्दोलन उठ्छ? समय पनि  लाग्ला, तर यो तुष भुसको आगा सल्किए सल्किँदै जाने छ', उनले भने।  

उनले यहाँ एउटा विद्रोहको भावना मानिसहरुसँग रहिरहने बताए। मुख्यमन्त्री कार्यालयमा भएको कार्यक्रममा उनले भने, 'भोलि कुनै पनि बेला ठूला ठूला लडाइँ झगडाको अवस्था आउने मात्र होइन, भोलि देश नै विखण्डनको अवस्था आउनसक्छ।’

उनले किरात प्रदेश नाम राखेर देशमा शान्ति हुन्छ भने दिनुपर्ने पनि बताएका छन्। 'किरात प्रदेश राखेर देशमा शान्ति हुन्छ भने किन नदिने त?,’ उनले अगाडि भने।  
 
पुरानो इतिहास, पुराना कागज तमसुक, पुराना ढड्डामा किरात भन्ने शब्द लेखिएकोले किरात प्रदेश न्यायोचित रहेको उनले बताए। किरात भन्ने शब्द उहिल्यैको कागजपत्रमा रहेको पनि राईको तर्क छ।

‘उहिल्यै वल्लो किरात, पल्लो किरात र माझ किरात भन्ने थियो', मुख्यमन्त्री राई भन्छन्, 'सक्ने भए तीनवटै राज्य बनाऊ होइन भने सबैलाई मिलाउँदा किरात हुन्छ। त्यही किरात प्रदेश दिँदा केही बिग्रिन्छ त?’  

उनले मधेश प्रदेश नाम राख्दा पनि केही नबिग्रिएको उदाहरण दिए। ‘मधेश प्रदेश राख्दा केही बिग्रिएको छ त?', मुख्यमन्त्री राईले प्रश्न गर्दै भने, 'दिँदा केही बिग्रिँदैन, तर नदिँदा यहाँ अशान्ति हुन्छ, मान्छे असन्तुष्ट हुन्छ, विद्रोहको भावना आउँछ भने त्यो किन नदिने? त्यस्तो मूर्खता कुरा पनि गर्ने हो?’ 

उनले पहिचानविरोधी नाम आउनसक्नेतर्फ सचेत रहन आग्रह गर्दै मुख्यमन्त्री राईले पहिचानको पक्षमा नदेखिएका समूहलाई फकाउने वा दबाउनतर्फ लाग्नुपर्ने बताए। 

पार्टीहरू पहिचानको पक्षमा नउभिएको अवस्थामा सांसदहरुलाई त्यसमा उभ्याउने गरि फकाउन सम्झाउन पनि उनले आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .