कोशी


मोरङको बूढीगंगामा पटका पड्किएपछि स्थगित भएको मतदान पुनः सुरु

मोरङको बूढीगंगामा पटका पड्किएपछि स्थगित भएको मतदान पुनः सुरु

नेपालखबर
मंसिर ४, २०७९ आइतबार १२:४९, काठमाडौँ

मतदान केन्द्रभित्रै पटका पड्काइएपछि मोरङको बूढीगंगा १ को करैया मतदान स्थलमा पुनः मतदान कार्य सुरु भएको छ। 

करैया देवीस्थान केन्द्रमा मतदान स्थल भित्रै पट्का बिस्फोटपछि स्थगित भएको मतदान कार्य साढे तीन घण्टा पनि  पुन सुचारु गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए।

दाहालका अनुसार दलहरसंगको सर्वदलीय बैठकबसी पुन मतदान कार्य सुचारु गर्ने सहमति भएपछि मतदानको कार्य सुरु भएको हो। 

बिहान ९ बजेको समयमा लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्र भित्रै विष्फोटको ठूलो आवाज आएको थियो। 

विषफोटको आवाजसँगै मतदाताबीच भगदौड मच्चिएको थियो। बम विष्फोट गराइएको भनेर त्रसित हुँदै मतदाता भागेपछि मतदान स्थगित भएको थियो।

मतदाताबीच भगदौड मच्चिएपछि केहीबेरका लागि मतदान स्थगित भएको थियो।

नेपाली सेनाले मतदान स्थल आसपासका क्षेत्रमा सर्च अभियान संचालन गरी  भिडलाई हटाएर अवस्था सामान्य बनाएको थियो।

त्यहाँ २९५० मतदाता रहेका छन्। खसेको मत रुजू गर्ने काम सम्पन्न भएपछि मतदान सुरु गरिएको प्रजिअ दाहालले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .