ad ad

कोशी


सप्तकोसीको श्रीलंका टापुमा फसेका एक हजार परिवारलाई बाहिर निकालियो

सप्तकोसीको श्रीलंका टापुमा फसेका एक हजार परिवारलाई बाहिर निकालियो

सुमन पुरी
साउन १८, २०७९ बुधबार १५:५३, विराटनगर

कोसी नदीले धार परिवर्तन गर्दा श्रीलंका टापुमा फसेकाहरूको तीन स्थानबाट उद्धार सुरु गरिएको छ। उद्धारमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोली जुटेको छ। 

तीन वटा टोली बनाएर उद्धारको काम भइरहेको सशस्त्र प्रहरीका डीआइजी कमल गिरीले बताए। उद्धारका लागि बोटहरुको प्रयोग गरिएको छ। 

सुरक्षाकर्मीको सहयोगमा स्थानीय हिँडेर उकास जमिनतर्फ गइरहेका छन्। अहिलेसम्म १ हजार परिवारलाई उकास क्षेत्रमा पुर्याइएको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले जानकारी दिए। 

वस्ती छरिएर रहेको र ठूलो क्षेत्र भएका कारण सबै क्षेत्रमा अझै सुरक्षाकर्मी र उद्धारकर्मी पुग्न सकेका छैनन्। स्थानीय फसेको स्थानमा जाने र खोज्ने काम भइरहेको यादवले बताए। 

उद्धार गरिएकाहरुको व्यवस्थापनमा भने वडा कार्यालय जुटेका छन्। वडा कार्यालयको योजना र समन्वयमा सार्वजनिक भवन, विद्यालय मन्दिर लगायतका स्थानमा राख्ने काम भएको यादवले बताए। 

घटेन पानी 
बिहानैबाट सप्तकोसीले धार परिवर्तन गरेपछि पानीको मात्रा पश्चिमतर्फ बढ्दो छ। पश्चिमतर्फ पानीको मात्रा नघटेका कारण जोखिम पनि घटिसकेको छैन। पूर्वतर्फ पानीको मात्रा बढाउनका लागि कोसी ब्यारेजमा रहेका ढोका खोल्न समन्वय भइरहेको स्थानीय प्रशासनले जनाएको छ।

याे पनि : ​

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .