ad ad

कोशी


सप्तकोसीले पश्चिमतर्फ कटान गर्दा बराहक्षेत्र र बेलकाका ६ वडा जोखिममा

सप्तकोसीले पश्चिमतर्फ कटान गर्दा बराहक्षेत्र र बेलकाका ६ वडा जोखिममा

सुमन पुरी
साउन १५, २०७९ आइतबार १६:४, विराटनगर

सप्तकोसी नदीले निरन्तर पश्चिमतर्फ कटान गर्दा उदयपुरको बेलका नगरपालिकाका ४ वटा वडा र सुनसरीको बराहक्षेत्र नगरपालिकाको श्रीलङ्का टप्पु जोखिममा परेको छ। 

नदीले दुई वर्षदेखि पश्चिमतर्फ कटान गरिरहेको छ। निरन्तरको कटानका कारण २ वर्ष यता श्रीलङ्का टप्पुको २ हजार ५ सय बिघा खेतीयोग्य जमिन नदीले बगाएको छ। 

कटानका कारण सुनसरीको बराहक्षेत्र श्रीलङ्का टप्पुका १ सय बढी परिवार बिस्थापित भएका छन् भने एउटा विद्यालय पनि नदीले बगाएपछि अन्यत्र सारिएको छ। 

सप्तकोशी नदीले अहिले उदयपुरको बेलका नगरपालिका वडा नं ८ डुम्री बोटे (लाहुरे खोज) मा तीब्र कटान सुरु गरेको छ। नदीले दैनिक १० मिटरसम्म कटान गरिरहेको बेलका नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष जयकुमार राईले बताए। डुम्रीबोटे लाहुेरे खोचमा नदीले एक सय मिटर कटान गरेको जयकुमार राई बताउँछन्। 

सो स्थानमा भइरहेको नदी कटान रोक्न नसकिए बेलका नगरपालिकाको वडा नम्बर ८, ९, ३ र २ नम्वर वडा जोखिममा पर्ने राईले बताए। 

डुम्री बोटेमा कोसी कटान सुरु भएपछि उदयपुरको बेलका, चौदण्डी, सप्तरीको सप्तकोसी, कञ्चनरुप लगायत सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ मा पर्ने श्रीलङ्का टप्पु समेत जोखिममा परेको राईले बताए। 

कटान नियन्त्रणका लागि बोरामा बालुवा हालेर बाँध बनाउने काम भइरहेको छ। तर नदीको कटान भने नरोकिएको स्थानीयले बताएका छन्। 
२ वर्षदेखि  पूर्वी तटबन्धमा बगिरहेको सप्तकोशी पश्चिमतर्फ सर्दै कटान गरिररहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .