ad ad

राजनीति


प्रदेश १ मा थपिँदै तीन विनाविभागीय मन्त्री, क्याबिनेट अब सात सदस्यीय

प्रदेश १ मा थपिँदै तीन विनाविभागीय मन्त्री, क्याबिनेट अब सात सदस्यीय

नेपालखबर
पुस २९, २०७९ शुक्रबार ११:५८, विराटनगर

प्रदेश १ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले थप तीनजना विनाविभागीय मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। 

नयाँ थप हुने मन्त्रीहरुको सपथको लागि अहिले १२ बजे प्रदेश प्रमुखको कार्यालयले तयारी गरेको छ। तीन मन्त्री नियुक्तिसँगै कार्कीको मन्त्रिपरिषद ७ सदस्यीय हुनेछ ।

मुख्यमन्त्री कार्यालयका अनुसार नेकपा माओवादी केन्द्रका २ र नेकपा एमालेका १ मन्त्रीको नियुक्तिको तयारी छ।

माओवादी केन्द्रबाट तेह्रथुमका दुर्गा चापागाईँ र मोरङका जीवन आचार्य मन्त्रीमण्डलमा सहभागी हुँदैछन्। 

आचार्य माओवादी अध्यक्ष प्रचण्डका ज्वाइँ हुन्। पार्टीको प्रदेश कमिटी उनलाई मन्त्री बनाउन नहुने पक्षमा थियो।

तर प्रचण्डको निर्देशनमा उनले मन्त्री हत्याउन सफल भएका हुन्। नेकपा एमालेको तर्फबाट सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारीले पनि मन्त्रीको सपथ लिँदैछन्। 

भागबण्डा भइनसकेर मन्त्रालयको टुंगो नलागेकाले आज नियुक्त हुने मन्त्रीहरु पनि ‘विनाविभागीय’ हुनेछन्।

यसअघि नै मुख्यमन्त्री कार्कीले एमालेबाट ताप्लेजुङका तिलकुमार मेन्याङ्बो, राप्रपाबाट झापाका भक्तिप्रसाद सिटौला र जसपाबाट ताप्लेजुङकै निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .