राजनीति


गण्डकी प्रदेश सभामा मतदान गर्ने बेला सांसद मनाङेलाई डा. भट्टराईले भगाएको आरोप!

गण्डकी प्रदेश सभामा मतदान गर्ने बेला सांसद मनाङेलाई डा. भट्टराईले भगाएको आरोप!

नेपालखबर
जेठ २८, २०७८ शुक्रबार ११:३९,

गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने बेला उनकै सरकारमा युवा तथा खेलकुद मन्त्री रहेका राजीव गुरुङ उर्फ दीपक मनाङे सम्पर्कविहीन भए।

उसो त उनले मतदानको पूर्वसन्ध्यामा बुधबार साँझ नै आफू विपक्षी गठबन्धनको समर्थनमा रहेको बताइसकेका थिए।

नभन्दै भोलिपल्ट सांसद मनाङे प्रदेश सभाको बैठकमै उपस्थित भएनन्। उनले मत दिएका भए पनि मुख्यमन्त्री गुरुङले बहुमत त ल्याउँथेनन्। आफ्नो पार्टी एमालेका २७ सांसदले मात्र उनलाई मत दिए र विश्वासको मतमा पराजित हुँदै अहिले उनी पदबाट हटेका छन्।

यसपछि त्यहाँ नयाँ सरकारको गठन प्रक्रिया अघि बढेको छ भने कांग्रेसको नेतृत्वमा विपक्षीले मुख्यमन्त्रीको दाबी पनि पेस गरिसकेको छ।

यहीबीच प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र सांसद मनाङे सँगै रहेको तस्बिर सार्वजनिक गरेका हुन्।

क्याप्सनमा उनले लेखेका छन्, ‘गण्डकी प्रदेशमा मतदान नै नगरी हराएका दीपक मनाङेलाई आखिर कसले लुकाएको रहेछ? तस्बिर स्वयं यस्तो बोल्छ।’

baburam manangge

तर थापाले स्क्रिनसट गरेर राखेको यो तस्बिर त्यस फेसबुकमा अहिले भेटिँदैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .