ad ad

राजनीति


खनाललाई ओलीको फोन, दिल्ली उड्नुअघि भयो लामो कुरा

खनाललाई ओलीको फोन, दिल्ली उड्नुअघि भयो लामो कुरा

नेपालखबर
असार २, २०७८ बुधबार ७:४५,

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँ दिल्ली लगिएको छ।

उनलाई नेपाल एयरलाइन्सको जहाजबाट दिल्ली लगिएको हो।

स्वास्थ्यमा समस्या देखिएपछि खनाल सोमबार थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए।

अस्पतालले उनलाई 'पोष्ट कोभिड' समस्या भएको आशंकामा उपचार सुरु गरेको थियो।

तर उनमा पोष्ट कोभिड भन्दा भिन्न समस्याहरु देखिएपछि थप उपचारका लागि अस्पतालले दिल्ली लैजान सुझाव दिएको थियो।

दिल्ली जानु अघि उनलाई नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले भेटका थिए भने प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका थिए।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री ओलीले एउटै फोनबाट खनालको स्वास्थ्य लाभको कमना गरेका थिए।

'प्रधानमन्त्रीले पनि विष्णु कमरेडकै फोनबाट कुरा गर्नु भयो,' खनालको सचिवालयका अच्युत खनालले नेपालखबरसँग भने, 'उहाँहरुबीच लामो कुरा भयो। के के कुरा गर्नु भयो भन्ने हामीलाई थाहा भएन।'

अस्पताल स्रोतका अनुसार खनालको मृगौलामा समस्या देखिएको थियो। उनको फोक्सोमा पनी जमेको पनि जनाइएको छ।
खनालको रगत र पिसावमा समेत इन्फेक्सन देखिएको छ।

२०७१ सालमा खनालको जोन हिकिन्ङस अस्पताल अमेरिकामा मुत्रनलीमा पलाएको मासुको शल्यक्रिया गरिएको थियो।

खनाललाई वैशाख १८ गते कोरोना पोजेटिभ देखिएको थियो। उनी वैशाख २७ गते कोरोना मुक्त भएका थिए।

 

 

 

 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .