नेकपा (एमाले)का नेता विष्णु रिजालले फेरि पनि एमालेकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्।
नयाँ सरकार गठनका लागि विपक्षी (कांग्रेस-माओवादी गठबन्धन) सँग बहुमत नपुग्ने भएकाले फेरि पनि एमालेकै सरकार बन्ने दाबी उनले गरेका हुन्।
‘नयॉ सरकारका लागि १३६ मत चाहिनेमा विपक्षी गठबन्धनसँग १२४ मत मात्र देखियो,’ नेता रिजालले ट्वीटरमा लेखेका छन्, ‘संविधानको धारा जतिपटक पल्टाए पनि संख्या नपुगी नयॉ सरकार बन्दैन । त्यसैले नयॉ सरकार दावी गर्नुअघि संख्या नजुटाई माग मात्र गरेर के गर्नु ! अनितत: ७६(३) अनुसार एमालेको सरकार बन्छ । बॉकी विकल्प त स्पष्टै छ।’
प्रतिक्रिया