राजनीति


फेरि ओली नै प्रधानमन्त्री बन्ने शंकर पोखरेलको दाबी

फेरि ओली नै प्रधानमन्त्री बन्ने शंकर पोखरेलको दाबी

नेपालखबर
बैशाख २८, २०७८ मंगलबार १:९,

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता शंकर पोखरेलले फेरि आफ्ना अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने सम्भावना रहेको दाबी गरेका छन्।

हिजो सोमबार प्रतिनिधि सभाले विश्वासको मत (बहुमत) नदिएपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री पदबाट बर्खास्त भएका छन् भने राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरिसकेकी छन्।

यसै सन्दर्भमा ओलीपक्षीय नेता पोखरेलले पुनः ओलीलाई प्रधानमन्त्री बनाउनुपर्ने बाध्यता रहेको जिकिर गरेका हुन्।

पोखरेलले सोमबार राति सामाजिक सञ्जालमार्फत दाबी गरेका छन्, ‘संसदले धारा ७६ (२) को जुन प्रमलाई विश्वासको मत दिएन, समयमै विकल्प दिन नसक्दा धारा ७६ (३) अन्तर्गत उही प्रमलाई खोज्नुपर्ने बाध्यता छ।’

सरकार गठनका विकल्प र पुनः ओली नै प्रधानमन्त्री हुन सक्ने प्रावधानबारे यो पढ्नुहोस् : यसरी फेरि संसद् विघटनको अवस्थामा पुग्न सक्छ मुलुक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .