राजनीति


माधव नेपाल छाडेर विष्णु रिजाल ओली समूहमा

माधव नेपाल छाडेर विष्णु रिजाल ओली समूहमा

नेपालखबर
बैशाख ११, २०७८ शनिबार ०:१४,

एमाले नेता विष्णु रिजाल वरिष्ठ नेता माधव नेपालको समूह छाडेर अध्यक्ष केपी शर्मा ओलीको समूहमा सामेल भएका छन्।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा आयोजित एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी हुँदै नेता रिजाल औपचारिक रूपमै ओली समूहमा समावेश भएका हुन्।

ओली समूहले पनि उनलाई एमालेको विदेश विभागको उपप्रमुखकै जिम्मेवारी दिएको छ। यसअघि पनि उनी विदेश विभागको उपप्रमुख नै थिए।

माओवादी केन्द्रसँग एकता हुनुअघि माधव नेपाल यस विभागका प्रमुख थिए। तर तर सर्वाेच्च अदालतले नेकपा बदर गर्दै पहिलेकै दुई पार्टी (एमाले र माओवादी केन्द्र) पुनःस्थापना गरेपछि प्रधानमन्त्री ओलीले नेपालको जिम्मेवारी खोसेर उनको स्थानमा आफ्ना परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराईलाई राखेका छन्। जसले गर्दा नेता रिजाल अब नेता नेपालको साटो डाक्टर भट्टराईमुनिको जिम्मेवारीमा परेका छन्।

शुक्रबार बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले नेताहरूको जिम्मेवारी बाँडफाँड गर्दै रिजाललाई दैलेख जिल्लाको सहइन्चार्ज र विदेश विभाग उपप्रमुखको जिम्मेवारी दिएको हो।

bishnu olisamuhaशुक्रबार एमाले महाधिवेशन आयोजक कमिटीको बैठकका क्रममा बायाँबाट क्रमशः विष्णु रिजाल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापा।

विष्णु रिजाल तिनै नेता हुन्, जो नेकपा छँदा प्रचण्ड–नेपाल समूहमा रहेर प्रधानमन्त्री ओलीको व्यापक आलोचना गर्थे।

यो पनि : ओलीलाई सुझाव : प्रचण्ड–माधव नेपाललाई यसरी पनि सम्झिनुस्

सर्वाेच्च अदालतले माओवादी केन्द्रसँगको एकता बदर गर्दै एमाले पुनःस्थापना गरेपछि पनि केही समय उनी माधव नेपाल समूहमै थिए।

यो पनि : प्रधानमन्त्रीबाट राजीनामा नगरी कुन मुखले प्रतिनिधिसभामा जाने?

तर पछिल्लो समय उनले आफ्ना लेखाइ ओलीतिर ढल्काइरहेका थिए।

यो पनि : ओली–नेपाल वार्ता असफल भएपछि विष्णु रिजालको अपिल: समय छ, फर्कौं !

यसै क्रममा यही वैशाख ६ गते ओलीले आयोजना गरेको बैठकमा पहिलोपटक सहभागी भएका नेता रिजाल शुक्रबार दोस्रोपटक एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा भाग लिँदै औपचारिक रूपमा ओली समूहमा समावेश भएका हुन्।

गृहमन्त्री रामबहादुर थापासमेत माओवादी केन्द्रबाट आएका २३ नेतालाई केन्द्रीय सदस्यका रूपमा समावेश गरिएको एमाले केन्द्रीय कमिटीलाई अध्यक्ष ओलीले हालै दसौं महाधिवेशन आयोजक कमिटीमा परिणत गराएका हुन्।

यी पनि :

एमाले नेता विष्णु रिजाल भन्छन् : संसदको अधिवेशन तत्काल अन्त्य गरौं

समर्थन फिर्ताको जिम्मा प्रचण्डलाई दिइएपछि माओवादी केन्द्रविरुद्ध विष्णु रिजालको टिप्पणी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .