राजनीति


नेपाल–खनाल पक्षको भेला : छलफलका लागि बनाइयो १० समूह

नेपाल–खनाल पक्षको भेला : छलफलका लागि बनाइयो १० समूह

नेपालखबर
चैत ४, २०७७ बुधबार ६:२९,

नेकपा एमालेका वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा सहभागीहरुलाई १० समूहमा विभाजन गरी छलफल गरिने भएको छ।

ललितपुरको सानेपामा सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलामा देशभरबाट आएका सहभागीहरुलाई समूहगत रुपमा विभाजन गरी छलफल गर्न लागिएको एमालेका पोलिटब्युरो सदस्य डा. विजय पौडेलले जानकारी दिए।

उनका अनुसार सहभागीलाई ७ प्रदेश, केन्द्रीय विभाग, केन्द्रीय निकाय र जनवर्गीय संगठनका आधारमा विभाजन गरिएको हो।

‘प्रदेश, विभाग र जनवर्गीय संगठन गरेर भेलामा सहभागीहरुलाई १० समूहमा विभाजन गरी छलफल गर्ने र सुझाब लिने काम हुन्छ’, पौडेलले नेपालखबरसँग भने।

आयोजकहरुले सो भेलाका लागि देशभरबाट झण्डै ३५ सय सहभागी आइपुगेको दावी गरेका छन्।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले गत फागुन २८ गते आफू निकट केन्द्रीय समिति सदस्यहरुको बैठक राखेर नेपाल समूहका नेताहरुको जिम्मेवारी खोस्ने, एकलौटी रुपमा महाधिवेशनको मिति घोषणा गर्ने, केन्द्रीय सदस्य थप गर्ने लगायतका निर्णय गरेपछि नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको हो।

 नेपाल–खनाल समूहले प्रधानमन्त्रीको कदमबारे छलफल गरेर आगामी यात्रा तय गर्नका लागि राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .