राजनीति


नेकपा स्थायी समितिको निष्कर्ष: सरकारका महत्वपूर्ण निर्णय सचिवालयको सुझाव र दुई अध्यक्षको सहमतिमा

नेकपा स्थायी समितिको निष्कर्ष: सरकारका महत्वपूर्ण निर्णय सचिवालयको सुझाव र दुई अध्यक्षको सहमतिमा

नेपालखबर
भदौ २६, २०७७ शुक्रबार १०:५१,

नेकपाको स्थायी समिति बैठकले पार्टीको सचिवालयको सुझाव र दुई अध्यक्षको परामर्शमा सरकार सञ्चालन हुनुपर्ने निष्कर्ष निकालेको छ।

‘अध्यक्षको कार्यविभाजनको हकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा केन्द्रित भएर अगाडी बढ्ने र सरकारको सञ्चालन प्रभावकारी ढंगले नेतृत्व गर्ने र अध्यक्ष प्रचण्डले कार्यकारी अधिकारसहित पार्टी कामको नेतृत्व गर्ने कार्यविभाजन भएको छ,’ बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

उनका अनुसार दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने तर आधारभूत महत्वका नीति, राष्ट्रिय महत्वका निर्णय लिनुपर्दा पार्टीको मार्गनिर्देशनलाई केन्द्रमा राखेर सरकारले निर्णय गर्नुपर्ने निष्कर्ष पनि बैठकले निकालेको छ।

‘राष्ट्रिय महत्वका निर्णय गर्दा सचिवालयको सुझाव र दुई अध्यक्षको परामर्श र सहमतिका आधारमा गर्ने पनि निर्णय गरिएको छ,’ उनले भने।

त्यसैगरी सरकारले प्रस्तुत गर्ने नीति तथा विधेयहरुका सैद्धान्तिक पक्षहरुका बारेमा पार्टीको केन्द्रीय समिति, स्थायी समिति वा सचिवालयमा छलफल गर्नुपर्ने पनि बैठकले निर्णय गरेको छ।

अध्यक्षद्वय केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको सहमतिका १५ बुँदालाई पारित गर्दै सत्तारुढ दल नेकपाको स्थायी समितिको बैठक सकिएको छ।

बैठकले पार्टी अब महाधिवेशन आयोजनामा केन्द्रित हुने निर्णय गरेको छ।

असार १० गतेदेखि सुरु भएको बैठक असार १८ पछि निरन्तर स्थगित भएको थियो। पार्टीभित्र तीव्र विवाद चुलिएपछि पटक पटक स्थगित भएको बैठक आज बसेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक साढे चार घण्टा चलेको थियो।
बैठकमा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, घनश्याम भुसाल लगायतल बोलेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .