राजनीति


एमालेको समानुपातिक मत २६ लाख नाघ्यो, अरूको कति?

एमालेको समानुपातिक मत २६ लाख नाघ्यो, अरूको कति?

नेपालखबर
मंसिर १३, २०७९ मंगलबार ११:४३, काठमाडौँ

प्रतिनिधिसभा समानुपातिकतर्फ जारी मत गणनामा पहिलो स्थानमा रहेको नेकपा एमालेले प्राप्त गरेको मतको संख्या २६ लाख नाघेको छ। 

मंगलबार बिहान ११ः३४ बजेसम्मको तथ्यांकअनुसार एमालेले २६ लाख ७ हजार ४ सय ७२ समानुपातिक मत ल्याएको हो। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ७० हजार २ सय ३४ मत पाएको निर्वाचन आयोगले जानकारी दिएको छ। 

समानुपातिकतर्फ तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले अहिलेसम्म ११ लाख ९ हजार ७ सय ७९ मत ल्याएको छ भने चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७९ हजार ९४ मत पाएको आयोगको तथ्यांकमा छ। 

पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ५४ हजार ७ सय ५७ मत ल्याएको छ भने छैटौँ स्थानमा रहेको जनता समाजवादी पार्टीले ३ लाख ६७ हजार ७ सय ७३ मत पाएको छ। योसँगै उल्लिखित ६ दल राष्ट्रिय दल बन्ने निश्चित भइसकेको छ।

जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी थ्रेसहोल्ड पार गर्ने संघर्षमा छन्। यो खबर तयार पार्दासम्म जनमत पार्टीले ३ लाख १६ हजार ६ सय ५३ मत प्राप्त गरेको छ भने एकीकृत समाजवादीले २ लाख ६८ हजार ४ सय ७९ मत ल्याएको छ। 

निर्वाचन आयोगको अहिलेसम्मको आकलनअनुसार थ्रेसहोल्ड कटाउन कम्तीमा ३ लाख २० हजार मत ल्याउनुपर्छ। कूल सदर मतको ३ प्रतिशतलाई थ्रेसहोल्ड मानिएको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .