राजनीति


देउवा भन्छन्ः एनसेलको नामै सुनेको छैन, वाइडबडीको कुरा उठाउने पहिलो व्यक्ति मै हुँ

देउवा भन्छन्ः एनसेलको नामै सुनेको छैन, वाइडबडीको कुरा उठाउने पहिलो व्यक्ति मै हुँ

नेपालखबर
भदौ २८, २०७६ शनिबार १२:३९,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एनसेलको नामै नसुनेको बताएका छन्।

नेपाल प्रेस युनियन दाङले शनिबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलन सभापति देउवाले एनसेल प्रकरणमा आफ्नो पनि नाम जोडिएपछि यस्तो प्रतिक्रिया दिएका हुन्। उनले एनसेल र वाइडबडी भ्रष्टाचार प्रकरणमा आफ्नो नाम जोडिएकोमा आपत्ति समेत जनाए।

‘एनसेलको मैले नाम पनि सुनेको छैन्’, उनले भने, ‘वाइडबडीका विषयमा पहिलो पटक कुरा उठाउने म नै हुँ।’

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाको नाम एनसेल र वाइडबडी भ्रष्टाचार प्रकरणमा जोडिएको थियो। दुदै प्रकरणमा मौन रहँदै आएका देउवाले शनिबार दाङमा मुख खोलेका हुन्।

पछिल्लो समय राजतन्त्र फर्कने चर्चा चलिरहेका बेला र कांग्रेसभित्रैको एउटा पक्षले हिन्दू राष्ट्रसहितको राजतन्त्रतामक व्यवस्था माग्न थालेको र पूर्व राजावादीहरु सल्बलाउन थालेको बेला उनले यस विषयमा पनि आफ्नो धारणा राखेका छन्।

सभापति देउवाले विधिवत् रुपमै अन्त्य भएको राजतन्त्र फर्कन सम्भव नरहेको दावी गरे। ठूलो जनसंघर्षबाट फालिएको राजतन्त्र फर्कन्छ भन्नु र फर्काउन खोज्नु गलत रहेको उनको धारणा थियो। उनले राजतन्त्र फर्कन्छ भन्नु हल्ला मात्रै भएको बताए। ‘जनताले संघर्षद्वारा फालेको राजतन्त्र कुनै पनि हालतमा फर्किदैन्’, उनले भने, ‘राजतन्त्र फर्काउने कुरा हल्ला मात्रै हो।’

अर्को फरक प्रसंगमा सभापति देउवाले दाङमा उचित संरचना नहुँदा प्रदेश नं ५ को अस्थायी राजधानी बुटवल तोकिएकोसमेत बताए। ‘दाङमा राम्रा भवन छैनन्’, उनले भने, ‘मुख्यमन्त्री दाङकै हुनुहुन्छ यो विषयमा उहाँलाई नै सोध्नुस्।’

बाँकेका कांग्रेस सभापतिसहितका नेता तथा कार्यकर्ता घाइते हुने गरी भएको घटनाको दोषीलाई कारबाही गर्न पनि उनले सरकारसँग माग गरे। ‘बाँकेमा गम्भीर खालको घटना भएको हो’, उनले भने, ‘यो घटनाका दोषी जो कोहीलाई पनि कारबाही गर्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .