राजनीति


परराष्ट्रमन्त्री ज्ञवाली माल्दिभ्स जाँदै

परराष्ट्रमन्त्री ज्ञवाली माल्दिभ्स जाँदै

नेपालखबर
भदौ १५, २०७६ आइतबार १२:५२,

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली चौँथो इन्डियन ओसन सम्मेलनका लागि आज माल्दिभ्स जाँदै छन्।

माल्दिभ्सको राजधानी मालेमा मंगलबार र बुधबार हुने सम्मेलनमा भाग लिन त्यसतर्फ जानलागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सम्मेलनमा ४० देशका सरकार प्रमुख, मन्त्रीहरु, कूटनीतिज्ञ र विज्ञहरुको सहभागिता रहनेछ। यो वर्षको सम्मेलनको मुख्य नारा इन्डियन ओसन क्षेत्रको सुरक्षाः परम्परागत र नयाँ चुनौती’ रहेको छ।

मंगलबार सम्मेलनलाई मन्त्री ज्ञवालीले सम्बोधन गर्ने कार्यक्रम छ। भ्रमणकै दौडान मन्त्री ज्ञवालीले माल्दिभ्सका आफ्ना समकक्षी अब्दुल्लाह शाहिदसँग भेटवार्ता गर्नेछन्।

सम्मेलनलगत्तै मन्त्री ज्ञवाली बिहीबार नेपाल फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .