ad ad

राजनीति


सरकारले सबै स्थानीय तहमा सुविधासम्पन्न पुस्तकालय निर्माण गर्ने

सरकारले सबै स्थानीय तहमा सुविधासम्पन्न पुस्तकालय निर्माण गर्ने

नेपालखबर
भदौ १५, २०७६ आइतबार ७:४०,

सरकारले सबै स्थानीय तहमा सुविधासम्पन्न पुस्तकालय स्थापना गर्ने तयारी गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सबै स्थानीय तहमा सुविधा सम्पन्न सामूदायिक तथा सार्वजनिक पुस्तकालय स्थापना हुने गरी पुस्तक गुरुयोजना तय गरिएको र त्यसलाई छिट्टै मन्त्रीपरिषद बैठकबाट पारित गरी कार्यान्वयनमा लैजाने प्रतिवद्धता पनि व्यक्त गरे।

१२ औं पुस्तकालय दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पुस्तक नीति तर्जुमा गर्न गठित कार्य दलको प्रतिवेदन कार्यान्वयनमा लैजान पनि सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे। मन्त्री पोखरेलले सरकारले पठन संस्कृतिको विकासका लागि पनि पुस्तकालयको विकास र विस्तारसम्बन्ीध नीति लिएको स्मरण गराए।

मन्त्री पोखरेलले पुस्तकालय सञ्चालनका लागि आवश्यक नीति बनाउने योजना समेत तय गरिएको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .