ad ad

राजनीति


बालकुमारीमा जसपा बैठक, निर्वाचन आयोगको निर्णयबारे छलफल

बालकुमारीमा जसपा बैठक, निर्वाचन आयोगको निर्णयबारे छलफल

नेपालखबर
असार ३, २०७८ बिहिबार १०:४४,

जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी बैठक बसेको छ।

बालकुमारी स्थित पार्टी कार्यालयमा बैठक सुरु भएको हो।

बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने तयारी गरिरहेकै बेला पार्टीको बैठक बसेको हो।

आइतबार आयोगको बैठकले जसपाका अध्यक्ष द्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एकले अर्को पक्षलाई गरेको कारबाही कानुनसम्मत नभएको निर्णय दिएको थियो।

समसामयीक राजनीतिक विषय र आयोग दिएको निर्णयबारे छलफल गर्न बैठक बोलाइएको एक कार्यकारिणी सदस्यले बताए।

पार्टी निर्णय विपरित सरकारमा सहभागी मन्त्रीहरुबारे पनि आजको बैठकले निर्णय लिने बताइएको छ।

यस अघि जसपा यादव पक्षले महन्थ ठाकुरसहित ४ जनालाई कारबाही गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .