सम्बन्ध तिक्त रहेको अवस्थामा अमेरिका र रुसका राष्ट्रपतिबीच स्विट्जरल्यान्डको जेनेभामा भेटवार्ता भएको छ।
यसबाट सम्बन्धमा उल्लेखनीय सुधार आउने अपेक्षा नगरिए पनि दुई मुलुकका नेताहरुको भेटलाई निकै महत्वपूर्ण मानिएको छ।
अठारौँ शताब्दीमा बनेको घरमा जो बाइडेन र भ्लादिमिर पुटिनबीच वार्ता भएको हो। सुरुमा पत्रकारहरुको भीडले केहीबेर दुवै नेता घेरिएका थिए।
क्यामरासामुन्ने भएको सुरुवाती भेटमा दुवै नेताबीच सौहार्द्रपूर्ण कुराकानी भएको छ।
‘आजको भेटका लागि पहल गर्नुभएकोमा धन्यवाद!’ पुटिनले भने।
‘आमनेसामने भेट्नु नै राम्रो हो,’ बाइडेनले जवाफ फर्काए।
बाइडेनले अमेरिका र रुस दुवैलाई ‘महान शक्ति’ भनेका छन्।
यस्ता वार्ताहरुमा ढिला आउने गरेको पुटिनको आलोचना हुने गरेको थियो। तर, जेनेभा बैठकमा उनी समयमै उपस्थित भएका थिए।
उनीहरुको पहिलो चरणको वार्ता सकिएको छ। लगत्तै विदेशमन्त्रीहरु पनि सहभागी हुनेगरी दोस्रो चरणको वार्ता हुने बताइएको छ। एजेन्सी
प्रतिक्रिया