ad ad

राजनीति


बेलायती संसदमा नेपालको महामारीबारे सांसदले उठाए आवाज, मन्त्री भन्छन्– सहयोग बढाउँदैछौं (भिडिओ)

बेलायती संसदमा नेपालको महामारीबारे सांसदले उठाए आवाज, मन्त्री भन्छन्– सहयोग बढाउँदैछौं (भिडिओ)

नेपालखबर
असार २, २०७८ बुधबार ७:१९,

बेलायती सांसदले नेपालमा कोभिड महामारीको संकट गहिरिँदै गएको भन्दै तत्काल सहयोग गर्न बेलायती सरकारसँग आग्रह गरेका छन्।

सांसद माइक एमेसबरीले संसदमा सो विषय उठाएपछि त्यहाँका विदेशमन्त्री डमिनिक राबले नेपाललाई थप सहयोग प्याकेज घोषणा गरेको बताएका छन्। मन्त्री राबले त्यसबारे आफूले थप विवरण उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे।

सांसद एमेसबरीले नेपालमा कोभिड संक्रमणको दर संसारमै सबैभन्दा उच्च रहेको हुँदा निकै गहिरो संकटमा फसेको बताए।

नेपालमा अक्सिजन, भेन्टिलेटर र भ्याक्सिनको अभावका कारण मानिसहरुले ज्यान गुमाइरहेको भनी संसदमा आवाज उठाए।

‘बेलायतले तत्काल सहयोग नगर्ने हो भने थप धेरैको ज्यान जानेछ,’ उनले संसदमा भने, ‘गतमहिना मेडिकल सल्लाहकारहरुको नेपाल भ्रमणपछि अब सरकारले थप सहयोग के गर्दैछ?’

त्यसको जवाफमा मन्त्री राबले नेपालको समस्याप्रति आफू चिन्तित रहेको र त्यसका लागि थप सहयोग घोषणा गरिएको बताए। त्यसबारे आफूले विवरण उपलब्ध गराउने उनले जानकारी गराएका छन्।

भिडिओ: 

यो पनिः
बेलायती प्रधानमन्त्रीको पहिलो नेपाल भ्रमण छिट्टै हुनेछः बेलायती सांसद शर्मा (भिडिओ वार्ता)

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .