ad ad

राजनीति


कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

नेपालखबर
असार १, २०७८ मंगलबार १०:५९,

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।

आज दिउँसो बसेको प्रदेश सभा बैठकमा पेश भएको आर्थिक वर्ष २०७८-०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख राजबहादुर शाहीले सुनाएका हुन्।

नेकपा एमालेको माधव नेपाल पक्षका केही सांसद नीति तथा कार्यक्रम पास गराउने पक्षमा उभिएका थिए।

वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पार्टी ह्वीप उल्लंघन गर्दै प्रकाश ज्वालासहित अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीले विश्वासको मत दिएका थिए।

नीति तथा कार्यक्रम असफल पारेर मुख्यमन्त्री महेन्द्र बहादुर शाही सरकार ढाल्ने योजनामा रहेका एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका सांसदहरुको योजना विफल भएको छ।

नीति तथा कार्यक्रम पारित भएपछि अहिले प्रदेश सभामा प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .