ad ad

राजनीति


१२ वर्षपछि इजरायलको सत्ताबाट बाहिरिए नेतान्याहु

१२ वर्षपछि इजरायलको सत्ताबाट बाहिरिए नेतान्याहु

नेपालखबर
जेठ ३१, २०७८ सोमबार ३:१२,

इजरायलमा १२ वर्षदेखि निरन्तर सत्तामा रहेका प्रधानमन्त्री बेन्यामिन नेतान्याहु पदबाट हटाइएका छन्।

आइतबार इजरायलको संसद कुनेसटमा भएको मतदानमा विपक्षी गठबन्धनका नेता नाफ्ताली बेनेटले बहुमत पाएपछि उनी सत्ताबाट बाहिरिएका हुन्। योसँगै बेनेट इजरायलको नयाँ प्रधानमन्त्री बनेका छन्।

संसदमा भएको मतदानमा बेनेटका पक्षमा ६० र नेतान्याहुका पक्षमा ५९ मत परेका थिए।

तर ७१ वर्षीय नेतान्याहुले आफू छिट्टै सत्तामा फर्किने दाबी गरेका छन्। नेतान्याहु सत्ताबाट बाहिरिनुलाई कतिपय विश्लेषकले एउटा युगको अन्त्य भनेका छन्।

यसबैबीच अमेरिकाका राष्ट्रपति जो बाइडेनले नयाँ प्रधानमन्त्री बेनेटलाई बधाई दिँदै अमेरिकी सरकार इजरायलको नयाँ सरकारसँग सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन्।

विपक्षी दलबीच भएको सहमतिअनुसार बेनेटले २ वर्षपछि पद छाड्नुपर्नेछ। र, त्यसपछि अर्का नेता याइर लापिड प्रधानमन्त्री बन्नेछन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .