ad ad

राजनीति


कार्यकर्तालाई नेपालको निर्देशनः ठोस परिणाम नआएसम्म संगठन बनाउन नरोक्नू, वडा तहसम्मै पुग्नू (प्रस्तावहरु)

कार्यकर्तालाई नेपालको निर्देशनः ठोस परिणाम नआएसम्म संगठन बनाउन नरोक्नू, वडा तहसम्मै पुग्नू (प्रस्तावहरु)

नेपालखबर
जेठ २३, २०७८ आइतबार ९:३१,

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी एकताको विषयमा ठोस परिणाम नआई संगठन निर्माणको काम नछाड्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।

नेता नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले निरन्तर गुट र फुटको अभ्यास गरिरहेकोले ठोस परिणाम नआई पार्टी एकताका नाममा हुने प्रचार र भ्रममा नपर्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।

‘केपी ओलीबाट निरन्तर फुट र गुटको अभ्यास भइरहेकोले कुनै ठोस परिणाम नआई पार्टी एकताका नाममा हुने प्रचार र भ्रममा नपरी आ–आफ्नो ठाउँमा सशक्त र एकताबद्ध रुपमा संगठन निर्माणको काममा सक्रिय रहन, उत्साहित भएर सबैको मनोबल उच्च बनाउन सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरुमा हार्दिक आव्हान गर्दछौं,’ नेता नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उनले आफूपक्षीय कार्यकर्ताहरुसँग वडास्तरसम्मै संगठन बनाउन निर्देशन दिएका छन्।

केन्द्रीय कमिटीका सदस्यहरुसँग भएको दुई दिने परामर्शमा आएको सुझावसहित स्थायी कमिटीको बैठकले पारित गरेको प्रस्तावहरु नेता नेपालले सार्वजनिक गरेका हुन्।

स्थायी कमिटीले पारित गरेका प्रस्तावहरुः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .