ad ad

राजनीति


प्रधानमन्त्रीसँग गगन थापाको आग्रहः कोरोना नियन्त्रणमा लाग्नुस् सरकारलाई हामी सहयोग गर्छौं (भिडियो)

प्रधानमन्त्रीसँग गगन थापाको आग्रहः कोरोना नियन्त्रणमा लाग्नुस् सरकारलाई हामी सहयोग गर्छौं (भिडियो)

नेपालखबर
जेठ १, २०७८ शनिबार ८:४६,

नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई महामारी नियन्त्रणमा लाग्न आग्रह गरेका छन्।

पुन: प्रधानमन्त्रीमा नियुक्त भएर महामारी नियन्त्रणको सेनापती भएको बताउँदै उनले यथार्थलाई स्वीकारेर कोरोना नियन्त्रणमा लाग्न सुझाव दिएका छन्।

शनिबार एक भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्, 'कामनाले मात्र सम्भव छैन काम चाहिएको छ, प्रार्थनाले मात्र सम्भव छैन प्रयत्न चाहिएको छ।'
कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्ने हो भने सरकारलाई सफल बनाउन आफू लाग्ने उनको भनाई छ।

'तपाईका समर्थक त तपाईसँगै छन्। तर तपाई महामारीमा जुधिरहेका नेपालीहरुको जीवन जोगाउन लाग्ने हो भने नदीको अर्को किनारामा होइन तपाईलाई सहयोग गरिरहेको पाउनु हुने छ।

तपाईको सरकारलाई सहयोग गरिरहेको पाउनु हुनेछ', उनले भनेका छन्।
थापाले केही दिन पार्टीभित्रको विवाद मिलाउन, थर्काउन, फकाउन, फुटाउन छोडेर पुरा ध्यान कोरोना नियन्त्रणमा लगाउन आग्रह गरेका छन्।

'केही दिन सभा, सम्मेलन उद्घाटन छोडिदिनुस्। यथार्थलाई स्वीकार्नुस् केही दिन मन महामारी नियन्त्रणमा लगाउनुस्', थापाले भनेका छन्।

सबै मिलेर यो समयमा जीवनबाट आशा मरेकाहरुलाई जीवन दिने प्रयास गर्न आवश्यक भएको उनको भनाई छ।

भिडियोः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .