ad ad

राजनीति


यी हुन् ह्विप नमान्ने एमालेका २८ सांसद, अन्तिम घडीमा ३ जनाले छाडे नेपालको साथ

यी हुन् ह्विप नमान्ने एमालेका २८ सांसद, अन्तिम घडीमा ३ जनाले छाडे नेपालको साथ

नेपालखबर
बैशाख २७, २०७८ सोमबार १३:६,

संसदमा विश्वासको मत लिन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन्।

सोमबार संसदमा भएको मतदान प्रक्रियामा ओलीको पक्षमा जम्मा ९३ सांसदले मात्र मत दिए।

ओली पार्टी एमालेका २८ जना सांसदले मतदान प्रक्रिया बहिस्कार गरेका थिए।

नेकपा एमालेका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले नेपाल पक्षको बहिस्कार गरेका सांसदहरुको कारवाही प्रक्रिया केही दिनमै अघि बढ्ने बताए।

‘उहाँहरु २८ जनाले बैठक बहिस्कार गर्नुभयो। अब उहाँहरुमाथि कारबाही गर्ने प्रक्रिया अघि बढ्छ,’ भट्टराईले नेपालखबरसँग भने, ‘कारबाहीको लागि केन्द्रीय समितिले निर्णय गर्नुपर्ने भएकोले एकदुई दिनमा केन्द्रीय कमिटिको बैठक बस्छ।’

प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको लागि राष्ट्रपतिले ७६ (२) अनुसार प्रक्रिया आह्वान गर्ने भट्टराईले बताए।

‘राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दल मिलेर नयाँ सरकार गठनको लागि आह्वान गरेपछि बहुमतको सरकार बन्दैन र फेरि ७६ (३) अनुसार केपी ओली नै प्रधानमन्त्री बन्नुहुन्छ,’ भट्टराईले भने।

संसदमै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकार गठनको प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए।

देउवाको प्रस्तावमा समर्थन जनाउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि ७६ (२) अनुसार बहुमतको संयुक्त सरकार गठन गर्नुपर्ने बताए।

नेपाल पक्षमा ३५ सांसद रहेको दाबी गरिए पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने बेलामा भने केहीले नेता नेपालको साथ छाडेका छन्।

यसअघि नेपाल पक्षका सांसदहरुले सामूहिक राजीनामा दिने योजना बनाएका थिए। तर अन्तिम समयमा उनीहरुले मतदान बहिष्कार मात्र गर्ने निर्णय गरेका थिए। यी हुन् मतदान बहिष्कार गर्ने सांसद:

प्रत्यक्ष निर्वाचित सांसद
१. झलनाथ खनाल
२. माधवकुमार नेपाल
३. भीम रावल
४. सुरेन्द्र पाण्डे
५. घनश्याम भुसाल
६. योगेश भट्टराई
७. गोकर्ण विष्ट
८. कृष्णलाल महर्जन
९. विरोध खतिवडा
१०. गणेश पहाडी
११. दीपकप्रकाश भट्ट
१२. भवानीप्रसाद खापुङ
१३. जयकुमार राई
१४. पवित्रा निरौला
१५. नारायण खतिवडा
१६. जीवनराम श्रेष्ठ
१७. सोमप्रसाद पाण्डे
१८. मेटमणि चौधरी
१९. झपट रावल
२०. यज्ञराज सुनुवार

समानुपातिक सांसद
१. रामकुमारी झाँक्री
२. मुकुन्द न्यौपाने
३. कल्याणीकुमारी खड्का
४. लक्ष्मीकुमारी चौधरी
५. निरादेवी जैरु
६. पुष्पाकुमारी कर्ण
७. समिना हुसेन
८. सरलाकुमारी यादव

यी तीन सांसदले छाडे नेपालको साथ
१. राजबहादुर बुढा
२. हिराचन्द्र केसी
३. ध्रुवबहादुर शाही

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .