ad ad

राजनीति


मुख्यमन्त्रीबाट राजीनामा दिएर पृथ्वीसुब्बा गुरुङले राम्रो गर्नुभो : विष्णु रिजाल

मुख्यमन्त्रीबाट राजीनामा दिएर पृथ्वीसुब्बा गुरुङले राम्रो गर्नुभो : विष्णु रिजाल

नेपालखबर
बैशाख २६, २०७८ आइतबार १२:११,

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री पदबाट राजीनामा दिएकामा एमाले नेता विष्णु रिजालले पृथ्बीसुब्बा गुरुङको प्रशंसा गरेका छन्।

मुख्यमन्त्री गुरुङले आज (आइतबार) दिउँसो पदबाट राजीनामा दिएका हुन्। आफूविरुद्ध दर्ता अविश्वास प्रस्तावमा मतदान हुनु अघिल्लो दिन गुरुङले पद त्याग गरेका हुन्।

बहमुत पुर्‍याउन अनेक हतकण्डा अपनाउनुभन्दा नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरेर गण्डकीका मुख्यमन्त्री गुरुङले राम्रो काम गरेको भन्दै नेता रिजालले प्रशंसा गरेका हुन्।

‘लोकतन्त्रमा शासन गर्ने वैधानिक र नैतिक दुवै आधार बहुमत हो। बहुमत गुम्दा अरूका सांसदलाई राजीनामा गराउने, खरिद गर्ने वा ‘बिरामी’ बनाउने कार्यले लोकतन्त्रलाई कलंकित बनाउँछ,’ नेता रिजालले आइतबार साँझ सामाजिक सञ्जालमा लेखेका छन्, ‘नयाँ प्रकियाका लागि मार्गप्रशस्त गरेर गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राम्रो काम गर्नुभएको छ।’

यो पनि : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा राजीनामा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .