राजनीति


कांग्रेस संसदीय दलमा प्रश्न : संसद अघि नै प्रधानमन्त्रीले नयाँ कदम चाले के गर्ने ?

कांग्रेस संसदीय दलमा प्रश्न : संसद अघि नै प्रधानमन्त्रीले नयाँ कदम चाले के गर्ने ?

नेपालखबर
बैशाख २५, २०७८ शनिबार ११:२४,

नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतलाई असफल पार्ने निर्णय गरेको छ।

शनिबार दिउँसो बसेको दलको बैठकले ओलीले २७ गते लिने विश्वासको मतलाई असफल पार्ने निर्णय गरेको एक सांसदले जानकारी दिए।

बैठकले पछिल्लो दिन बढेको कोरोना संक्रमण नियन्त्रणको लागि ओली सरकारले कुनै काम गर्न नसकेको ठहर पनि गरेको छ।

सरकार महामारी नियन्त्रणमा असफल भएको निष्कर्ष बैठकले निकालेको हो।

यस्तै कोरोना खोप कमिसनकै कारण रोकिएको प्रति कांग्रेसले आपत्ति जनाउँदै नेपाली जनताको जीउधनको सुरक्षामा ध्यान दिन सरकारलाई आग्रह समेत गरेको छ।

प्रधानमन्त्री ओलीले बैशाख २७ गते लिने विश्वासको अगाडि नै चाल्नसक्ने संभावित कदमको बारेमा पनि सांसदहरुले कुरा उठाएका थिए।

प्रधानमन्त्री ओलीले आजै शनिबार आकस्मिक मन्त्रिपरिषद् बैठक डाकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .