राजनीति


कोरोना संक्रमितलाई सांसद शान्ता चौधरीको सान्त्वना : मजस्तो रोगी मान्छेले त जितें, तपाईंले पनि जित्नुहुन्छ

कोरोना संक्रमितलाई सांसद शान्ता चौधरीको सान्त्वना : मजस्तो रोगी मान्छेले त जितें, तपाईंले पनि जित्नुहुन्छ

नेपालखबर
बैशाख २३, २०७८ बिहिबार १:१०,

कोरोना महामारीको दोस्रो लहर थामिएको छैन। दैनिक संक्रमण र मृत्यु हुने क्रम जारी छ।

अहिले फैलिएको नयाँ भेरिएन्ट पहिलेको कोरोनाभन्दा निकै संक्रामक भएको विशेषज्ञले बताइरहेका छन्। यसपटक बालबालिका र युवासमेत संक्रमणको चपेटामा परिरहेका छन्।

अस्पतालमा समेत बिरामीको चाप बढेकाले कतिपय संक्रमित आत्तिएका छन्।

यसै सन्दर्भमा अघिल्लोपटकको महामारीमा कोरोना संक्रमणकै कारण गम्भीर बिरामी परी आईसीयूमा उपचार गराएकी एमाले नेत्री एवं सांसद शान्ता चौधरीले कोरोना संक्रमितहरूलाई नआत्तिन आग्रह गरेकी छन्।

आफूजस्तो रोगी मान्छेले त कोरोना भाइरसलाई जितेको उदाहरण दिँदै उनले संक्रमितहरूलाई उच्च मनोबल राख्न आग्रह गरेकी छन्।

‘कोरोना लागेका सम्पूर्ण मित्रहरू आत्तिन हुँदैन है। मनोबल उच्च राख्नुपर्छ, कोरोना लाग्दैमा मृत्यु हुँदैन,’ सांसद चौधरीले सामाजिक सञ्चालमार्फत भनेकी छन्, ‘मजस्तो रोगी मान्छेले त कोरोनालाई जितें, तपाईंहरूले पनि जित्नुहुन्छ। हिम्मत गर्नुस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .