लुम्बिनी प्रदेशमा शंकर पोखरेललाई मुख्यमन्त्रीमा सपथ नगराउन ४० सांसदले प्रदेश प्रमुखलाई आग्रह गरेका छन्।
पोखरेलले वहुमत गुमाइसकेको ले उनलाई सपथ नगराउन प्रदेश प्रमुख समक्ष आग्रह गरिएको नेकपा माओवादी केन्द्रका सांसद कृष्णध्वज खड्काले नेपाल खबरलाई बताए।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका सांसदल प्रदेश प्रमुखलाई भेटेर सो जानकारी दिएको उनले बताए।
अहिलेको एकल बहुमतको सरकार गठनको कुनै सम्भावना नरहेकोले आफूहरुले त्यसमा दावी पेश गर्ने उनले बताए।
प्रदेश प्रमुखले आफूले नियम अनुसार काम गर्ने बताएको खड्काले जानकारी दिए।
उनीहरुले प्रदेश प्रमुखलाई ४० सांसदको हस्ताक्षर प्रस्तुत गरेका थिए।
सांसद विमला वलीले आफू नेकपा माओवादी केन्द्रमा जाने घोषणा गरेपछि पोखरेललाई बहुमतको संकट परेको हो।
प्रतिक्रिया