ad ad

राजनीति


परामर्सबिना संसद अधिवेशन अन्त्य गरिएकोमा कांग्रेस संसदीय दलले जनायो आपत्ति

परामर्सबिना संसद अधिवेशन अन्त्य गरिएकोमा कांग्रेस संसदीय दलले जनायो आपत्ति

नेपालखबर
बैशाख ७, २०७८ मंगलबार १४:४३,

नेपाली कांग्रेस संसदीय दलले परामर्स बिना नै संसद अधिवेशन अन्त्य गरिएको भन्दै आपत्ति जनाएको छ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले मंगलबार विज्ञप्ति प्रकाशित गरी संसद सचिवालयका पदाधिकारी तथा संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल नै नगरी हठात संसद अधिवेशन अन्त्य गरिएको भन्दै गम्भीर आपत्ति जनाएका छन्।

‘संसद कानुन बनाउने र जनताको आवाज उठाउने साझा थलो हो। सरकारको निर्माण संसदबाट हुन्छ र बर्तमान सरकार संविधान र जनता र संसदप्रति उत्तरदायी हुनुपर्दछ, तर भएन’ विज्ञप्तिमा भनिएको छ।

कांग्रेस संसदीय दलले संसदबाट कानुनहरु बनाउनुपर्ने र जनसरोकारको विषयमा जनतालाई भरोसा दिलाउनुपर्नेमा सरकारले संसद अधिवेशन नै अन्त्य गरिएकोप्रति असहमति जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .