ad ad

राजनीति


उच्च गुणस्तरीय ‘बेल्ट एन्ड रोड’ सहयोगमा चीन प्रतिबद्धः सी चीनफिङ

उच्च गुणस्तरीय ‘बेल्ट एन्ड रोड’ सहयोगमा चीन प्रतिबद्धः सी चीनफिङ

नेपालखबर
बैशाख ७, २०७८ मंगलबार १०:४४,

बोआओ मञ्चको वार्षिक शिखर बैठकको उद्घाटन समारोहमा भिडिओ कन्फरेन्स मार्फत मङ्गलबार सम्बोधन गर्दै राष्ट्रपति चीनफिङले सबै देशका जनताको जीवन र स्वास्थ्य सुरक्षित गर्नका लागि सङ्क्रामक रोग नियन्त्रण, जनस्वास्थ्य, परम्परागत औषधि र अन्य क्षेत्रमा विभिन्न पक्षसँग स्वास्थ्य साझेदारीका कार्यलाई थप विस्तार गरिने प्रतिबद्धता व्यक्त गरे।

उनले भने,‘चीनले सम्पर्क सञ्जालका लागि सुदृढ साझेदारी निर्माण गर्नेछ, एवं “हार्ड” र “सफ्ट” जस्ता सबै किसिमका पूर्वाधार निर्माणलाई प्रबद्र्धन गर्न सबैसँग मिलेर कार्य गर्न चीन तत्पर छ।’

उनले स्वच्छ विकासका लागि चीनले अझ निकट साझेदारी निर्माण गर्ने बताउँदै अन्य मुलुकलाई पनि हरित पूर्वाधार, हरित ऊर्जा र हरित वित्तका क्षेत्रमा पारस्परिक सहयोगलाई थप सुदृढ गर्न आग्रह गरे।

राष्ट्रपति सीले बिआरआई अन्तर्राष्ट्रिय हरित विकास साझेदारीलाई थप सुधार गर्न आग्रह पनि गरेका छन्। उनले बेल्ट एन्ड रोड बिआरआईलाई गरिबी निवारण र वृद्धिका लागि एउटा अवसरका रुपमा उपयोग गर्न पनि सबै इच्छुक साझेदार मुलुकहरुलाई आह्वान गरे।

‘सन् २०३० सम्ममा बीआरआई परियोजनाले करिब ७६ लाख मानिसलाई चरम गरिबीबाट मुक्त गर्ने तथा तीन करोड २० लाख मानिसलाई मध्यम किसिमको गरिबीबाट माथि उकास्ने छ’ विश्व बैंकको प्रतिवेदन उद्धृत गर्दै राष्ट्रपति सीले भने।

‘हामी खुलापन र समावेशी सिद्धान्तलाई अंगाल्ने छौं, बीआरआईलाई गरिबी निवारण र आर्थिक वृद्धिका निम्ति इच्छुक मुलुकसँग मिलेर कार्य गर्न चीन प्रतिबद्ध छ।’ रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .