राजनीति


अफगानिस्तानमा तैनाथ सबै अमेरिकी सेना ११ सेप्टेम्बरसम्ममा स्वदेश फर्काइँदै

अफगानिस्तानमा तैनाथ सबै अमेरिकी सेना ११ सेप्टेम्बरसम्ममा स्वदेश फर्काइँदै

नेपालखबर
बैशाख १, २०७८ बुधबार ६:४५,

अमेरिकी अधिकारीहरुले बाइडेन प्रशासनले चाँडै यस्तो घोषणा गर्ने जानकारी दिएको बीबीसीले जनाएको छ।

अफगानिस्तानबाट आफ्ना सेनाहरु फर्काउने घोषणा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका थिए।

उनकै प्रशासनले तालिबान विद्रोहीसँग वार्ता गरेर अफगान सरकारसँग शान्तिको लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको थियो।

सो बेलाको सहमतिअनुसार अमेरिकाले यही मेमा सेनाहरु फर्काइसक्नु पर्ने थियो साथै तालिबानले अफगानिस्तानमा हिंसा रोक्नुपर्ने थियो।

तर अमेरिकाले तालिबानले हिंसा कम गर्ने वाचा पुरा नगरेको आरोप लगाइरहेको छ।

बाइडेन प्रशासनले अमेरिकी सेना फर्काइने क्रममा कुनै आक्रमण भए त्यसको ठूलो परिणाम तालिबानले भोग्नुपर्ने पनि चेतावनी दिएको छ।

अफगानयुद्धको पृष्ठभूमि

सन् २००१ सेप्टेम्बर ११ मा जब अमेरिकामा आतंकवादी आक्रमण भयो त्यसको एक महिनापछि अमेरिकाले तालिबानविरुद्ध अफगानिस्तानमा आक्रमण थालेको थियो।

अमेरिकामा आक्रमण गर्ने ओसामा बिन लादेनलाई सुम्पन अस्वीकार गरेपछि अमेरिकाले आक्रमण थालेको थियो।

त्यसबेला तालिबान समूह अफगानिस्तानको सत्तामा थियो। अमेरिकासँग अन्तर्राष्ट्रिय सहयोगी राष्ट्रहरु लागेपछि तालिबान सत्ताबाट तत्काल हटाइएको थियो।

त्यसयता तालिबानले विद्रोहीको रुपमा अफगान सरकारलाई निस्क्रिय बनाउने हिसाबले आक्रमण गर्दै आएको छ।

अफगान सरकार अमेरिकाको कठपुतली बनेको तालिबानको आरोप छ। अमेरिकी सेना आफ्नो देशबाट फर्किए शान्ति स्थापना हुने उसको भनाइ छ।

सन् २०१४ मा अन्तर्राष्ट्रिय गठबन्धनको तालिबानविरुद्ध आक्रमण अभियान समाप्त भएको थियो। तर अमेरिकाले अफगान सरकारलाई साथ दिँदै तालिबानविरुद्ध आक्रमण गरिरह्यो।

यद्यपी तालिबानले आफ्नो पकडलाई थप मजबुत बनाउँदै आएको छ। बीबीसीका अनुसार तालिबानले सन् २०१८ मा अफगातिस्नातको ७० प्रतिशत स्थानमा सक्रिय रुपमा गतिविधि सन्चालन गरिरहेका थिए।

अफगान युद्धमा अन्तर्राष्ट्रिय गठबन्धन नेटोका ३५ सय सेनाको मृत्यु भएको छ। तीमध्ये २३ सय अमेरिकी सेना हुन्।

यस युद्धमा अफगानका सर्वसाधारण, अफगान सेना र तालिबान लडाकु कति मरे भनेर यकिन तथ्यांक छैन। सन् २०१९ मा संयुक्त राष्ट्रसंघले अफगान युद्धमा ३२ हजार सर्वसाधारणको ज्यान गएको बताएको थियो।

ब्राउन युनिभर्सिटीको अनुसन्धानअनुसार अफगान युद्धमा ५८ हजार सुरक्षाकर्मी मारिँदा ४२ हजार तालिबान लडाकु मारिएका छन्।

सन् २००१ यता सुरु भएको अफगान गृहयुद्धमा अमेरिकाले तालिबानसँग लड्न अरबौं डलर खर्च गरिसकेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ मा चुनाबी प्रचार गरिरहँदा उनले अफगानिस्तानमा अमेरिकी युद्ध अन्त्य गर्ने प्रतिबद्धता जनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .