राजनीति


पूर्वएमालेमा ‘लफडा’पछि फेरि सर्‍यो नेकपा सचिवालय बैठक

पूर्वएमालेमा ‘लफडा’पछि फेरि सर्‍यो नेकपा सचिवालय बैठक

नेपालखबर
साउन २९, २०७६ बुधबार ८:११,

पूर्वएमालेमा विभागको नेतृत्वलाई लिएर विवाद भएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सरेको छ।

आज (बुधबार) दिउँसोका लागि बोलाइएको बैठक अगाडि बिहान दुई अध्यक्षबीच भएको भेटर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक सार्न आग्रह गरेका थिए। ‘दुवै अध्यक्षबीच सामान्य भेटर्वार्ता भयो’, प्रचण्डको सचिवालयका एक सदस्यले नेपालखबरसँग भने, ‘कुनै विषयमा औपचारिक सहमति भने भएको छैन।’

उनले प्रधानमन्त्री ओलीले गृहकार्य नपुगेको भन्दै प्रचण्डसँग बैठक सार्नका लागि प्रस्ताव गरेको बताए। बैठक बिहीबार दिउँसो ३ बजे बस्ने सहमति भएको छ।

उनले स्कुल विभागकबाहेक अन्य विभागका विषयलाई लिएर पूर्वमाओवादी पक्षमा कु्नै विवाद नरहेको स्पष्ट पारे। उनले पूर्व एमालेभित्रको विवादले आजको बैठक सरको बताए।

स्कुल विभागको विवाद कायमै रहेको बेला पूर्व एमालेमा भने विभागका नेतृत्वको विषषलाई लिएर पूर्वएमाले समूहमा विवाद बढ्दै गएको छ। स्कुल विभागमा पर्वमाओवादीबाट नारायणकाजी श्रेष्ठ र पूर्वएमालेबाट ईश्वर पोखरेलले मुख्य रुपमा दावी गर्दै आएका छन्।

अन्य विभागमा पनि विवाद कायमै रहे पनि पूर्व एमालेका भागमा परेका मजदुर, युवा र महिला विभाग तीव्र विवाद देखिन्छ। प्रधानमन्त्रीले मुख्य तीनवटै विभागमा आफूपक्षीय नेताका नाम अगाडि सारेका छन्।

मजदूरमा विष्णु रिमाल, युवामा महेश बस्नेत र महिलामा गोमा देवकोटाको नाम अगाडि सारेपछि विवाद सुरु भएको हो। यी तीनवटै नाममा माधव नेपाल पक्षधरले असहमति राखेका छन्।

मंगलबार बसेको पूर्व एमाले पक्षधरको अनौपचारिक बैठकमा प्रधानमन्त्री ओलीले विभागमा नाम सिफारिस गरेका थिए। उनले स्कुल विभागमा पनि पूर्व एमाले पक्षको एउटै धारणा बनाउनुपर्ने भन्दै ईश्वर पोखरेलको नाममा सहमति जुटाएर अगाडि बढ्न गरेको प्रस्तावमा कुनै छलफल नै नभएको एक नेताले नेपालखबरलाई बताए।

‘प्रधानमन्त्री एवं अध्यक्षज्यूले केही प्रस्ताव राख्नु भएको थियो’, ती नेताले नेपालखबरसँग भने’, तर, कुनै पनि विषयमा सहमति भएन्।’

नेकपाका ३२ विभागमध्ये पूर्व एमालेको भागमा १८ र पूर्व माओवादीको भागमा १४ विभाग परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .