राजनीति


नेकपा सचिवालय बैठक दिउँसाे

नेकपा सचिवालय बैठक दिउँसाे

नेपालखबर
साउन २९, २०७६ बुधबार ३:४६,

पटक-पटक स्थगित हुँदै आएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (बुधबार) बस्दैछ।

बैठक बुधबार अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

यस अघि १३ साउनमा बसेको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरेर फर्केपछि २७ साउनमा बैठक बस्ने भनिको थियो।

तयारी नपुगेको भन्दै २७ गतेको बैठक २८ गतेका लागि सारियो। तर, २८ गते पनि बस्दै नबसी स्थगित भएको बैठक आज बस्न लागेको हो।

यसअघि १३ साउनको बैठकमा केन्द्रीय विभाग, केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनबारे छलफल भएको थियो।

त्यतिबेला केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनका निम्ति सबैसँग रुचिका प्राथमिकताबारे सल्लाह गर्न र व्यवस्थित तथा परिमार्जित प्रस्ताव ल्याउन सचिवालय सदस्यलाई निर्देशन दिँदै बैठक स्थगित गरिएको थियो।

नेकपामा स्कूल विभाग कसलाई दिने भन्ने विषयमा लामो समयदेखि विवाद हुँदै आएको छ।

स्कुल विभागमा प्रवक्ता श्रेष्ठसहित सचिवालय सदस्य झलनाथ खनाल, ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम भुसाललगायतले दावी गर्दै आएका छन्।

अन्य विभागको टुंगो लागेपनि स्कूल विभागको कुरा नमिल्दा नेकपाको सचिवालय बैठक पटक-पटक सर्दै आएको छ।

पार्टी एकता भएको एक वर्ष पूरा भए पनि अझै एकता प्रक्रिया पूरा हुन सकेको छैन।

अहिलेसम्म प्रदेश कमिटी र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय सङ्गठनको कमिटीलाई पूर्णता दिन बाँकी छ।

यसैगरी राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभाग गठनको कामसमेत पूरा हुन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .