नेपाल–खनाल पक्षको एमाले कार्यकर्ता भेलामा सो पार्टीका पुराना नेताहरु सहभागी भएका छन्।
ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा जारी सो भेलामा मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, सिद्धिलाल सिंह, कमल कोइराला, मोदनाथ प्रश्रित लगायतका पाका नेताहरु सहभागी भएका छन्।
मैनाली कार्यक्रम सुरु भएको केहिबेरपछि पुगेका थिए।
एमालेमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललगायतको नेतृत्वमा आफूपक्षका कार्यकर्ताको दुई दिने भेला गरिएको हो।
अध्यक्ष ओलीले भने पार्टीका नेता तथा कार्यकर्तालाई सो भेलामा सहभागी नहुन र भएमा कारवाही गरिने चेतावनी दिएका छन्।
उनीहरु कार्यक्रमको मञ्चमै उपस्थित छन्। यसअघि ओली प्यानलबाट निर्वाचित स्थायी समिति सदस्य मुकुन्द न्यौपाने लगायतका नेताहरु पनि मञ्चमा देखिएका छन्।
प्रतिक्रिया