प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा अरूको उछितो काढेकै भरमा पद प्राप्त गरेको परिचय बनाएका नेपाल रेलवेका महाप्रबन्धक गुरु भट्टराईले एमाले अध्यक्ष ओलीले अझै थुप्रै ‘सरप्राइज’ दिन बाँकी रहेको चेतावनी दिएका छन्।
ओलीले धमाधम एकलौटी निर्णय गरेर नेता माधव नेपाल–झलनाथ खनाल पक्षलाई पूरै ‘बाइपास’ गरिरहेका बेला महाप्रबन्धक भट्टराईले ती नेताले आगोसँग खेलेर गल्ती गरेको टिप्पणी गरेका छन्।
‘प्रम ओलीले अरू थुप्रै सरप्राइज दिन बाँकी छ मेरे दोस्त,’ सामाजिक सञ्जालमार्फत भट्टराईले धम्की दिएका छन्, ‘हेर्दै जानुस्, आगोसँग खेले भष्म भइन्छ भन्ने बुझुन्।’
प्रतिक्रिया