ad ad

राजनीति


अब एमालेभित्र फेरि ओली–नेपाल टक्कर : यस्तो छ, केन्द्रीय सदस्यको अंकगणित

अब एमालेभित्र फेरि ओली–नेपाल टक्कर : यस्तो छ, केन्द्रीय सदस्यको अंकगणित

मणि दाहाल
फागुन २५, २०७७ मंगलबार २:३,

नेकपा नामबारे सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएका छन्।

ऋषि कट्टेलको नेकपालाई वैधानिकता दिँदै अदालतले सत्तारूढ नेकपाको दर्ता बदर गरेपछि माधवकुमार नेपाल र झलनाथ खनालसहित पूर्वएमाले नेताको समूह पुरानै पार्टीमा फर्किने निष्कर्षमा पुगेको छ।

योसँगै एमालेभित्र गुटको अंकगणितबारे चर्चा सुरु भएको छ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र २०७५ जेठ ३ गते एकीकृत हुँदै नेपाल कम्युनिस्ट पार्टी (ने क पा) बनेको थियो। जसमा २ सय ४१ केन्द्रीय सदस्य थिए। तर ४ सदस्यको निधन भइसकेको छ। तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी, रामनाथ ढकाल, महिम लिम्बु र दिनेशकुमार यादवको निधन भएको हो।

महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी सदस्य विद्यादेवी भण्डारी राष्ट्रपति भएकी छन् भने गणेश तिमल्सिना राष्ट्रिय सभाका अध्यक्ष।

यसैगरी सानुकुमार श्रेष्ठ बागमती प्रदेशका सभामुख भएका छन्। निर्वाचन आयोगका अध्यक्ष रहेका सोमनाथ अधिकारी ‘प्यासी’ र धर्मनाथ यादव प्रदेश प्रमुख बनेका छन्।

अग्नि खरेल महान्यायाधिवक्ता, युवराज खतिवडा, महेन्द्रबहादुर पाण्डे र डा. वंशीधर मिश्र क्रमशः अमेरिका, चीन र बंगलादेशका राजदूत बनेका छन्। समिम मियाँ अन्सारी मुस्लिम आयोगका अध्यक्ष बनेका छन्। योसँगै नेकपाको केन्द्रीय कमिटीमा उनीहरूका स्थान रिक्त छन्।

त्यसैगरी रूपनारायण श्रेष्ठ, राधाकृष्ण मैनाली र प्रह्लाद गिरी कारबाहीमा परेका छन्।

नेकपा बन्नु अघिसम्म एमालेभित्र प्रमुख २ धार थिए। बहुमत पक्षको नेतृत्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्थे भने अर्को धारको नेतृत्व माधवकुमार नेपालले।

नवौं महाधिवेशनमा अध्यक्षका लागि ओली र नेपालबीच प्रतिस्पर्धा भएको थियो। त्यही बेलादेखि उनीहरूले प्यानलै बनाएर पदाधिकारीसहित केन्द्रीय सदस्य, आयोगका प्रमुख र सदस्यका लागि प्रतिस्पर्धा गरेका थिए।

त्यस समयको स्थायी कमिटीमा २२ सदस्य थिए। ओली र नेपाल पक्षमा बराबरी ११ जना। स्थायी कमिटीमा ४ आयोगका अध्यक्ष आमन्त्रित सदस्य थिए। २४ पूर्ण र १५ वैकल्पिक पोलिटब्युरो सदस्य थिए।

पूर्ण केन्द्रीय सदस्य ६७, वैकल्पिक केन्द्रीय सदस्य ४९ जना थिए। महाधिवेशनले १ सय ८१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको थियो।

एमालेले तराई–मधेसमा राष्ट्रिय एकता अभियान सञ्चालन गर्नु एक दिनअघि २०७३ फागुन २० गते झापामा भएको स्थायी कमिटीको बैठकले १२ पूर्ण र ९ वैकल्पिक केन्द्रीय सदस्यमा थप गरेको थियो। यसपछि केन्द्रीय कमिटीमा सदस्यको संख्या २ सय २ पुगेको थियो।

पछि थपिएका पूर्ण केन्द्रीय सदस्यमा रघुवीर महासेठ, धर्मनाथ साह, रामचन्द्र यादव, गंगा यादव, धर्मनाथ यादव, रामचन्द्र साह तेली, रामदयाल मण्डल, रत्नेश्वर गोइत, रवीन्द्र बैठा, लालबावु यादव, यदुवशं झा, हरिनारायण महतो थिए। यसैगरी वैकल्पिक केन्द्रीय सदस्यमा नारदमुनी राना, जुली महतो, मञ्जु चौधरी, शान्ता चौधरी, हरि राजवंशी, सुधीर साह, सरोज यादव, सरला यादव र महम्मद हारुन थिए।

तर केही केन्द्रीय सदस्य राजनीतिक नियुक्ति तथा कारबाहीमा परे भने केहीको निधन भयो। माओवादी केन्द्रसँग एकीकरण हुनु एक दिनअघि ४५ केन्द्रीय सदस्य थपिएको एमालेको केन्द्रीय कमिटी २ सय ४१ सदस्यीय भएको थियो।

माओवादी केन्द्रबाट २ सय जनासहित नेकपाको केन्द्रीय कमिटी ४ सय ४१ सदस्यीय बनाइएको थियो। निर्वाचन आयोगले यही सदस्य संख्यालाई मान्यता दिएको थियो, प्रचण्ड–नेपाल र ओली समूहबीच नेकपा आधिकारिता विवादमा।

सर्वोच्च अदालतले गरेको फैसलापछि नेकपाको त्यही पुरानो कमिटी अस्तित्वमा आएको छ। तीमध्ये विभिन्न कारण स्थान रिक्त भएकाले हाल २ सय २५ केन्द्रीय सदस्य छन्।

जसमध्ये केपी शर्मा ओलीसँग १ सय २०, माधव नेपालसँग १ सय ३, वामदेव गौतमसँग २ सदस्य छन् भने तीन जनाको पक्षधरता स्पष्ट हुन सकेको छैन।

तर पुरानै पार्टी ब्युँतिएको अवस्थामा अब एमालेभित्र सदस्यको पक्षधरता परिवर्तन हुने सम्भावना छ। संसदमा कमजोर देखिए पनि पार्टीभित्र भने नेपाल पक्ष त्यति कमजोर देखिन्न।

ओली पक्ष
केपी शर्मा ओली
ईश्वर पोखरेल
विष्णु पौडेल
प्रदीप ज्ञवाली
पृथ्वी सुब्बा गुरुङ
शंकर पोखरेल
किरण गुरुङ
सुवास नेम्वाङ
छविलाल विश्वकर्मा
सत्यनारायण मण्डल
पुष्प कँडेल,
केशव बडाल
युवराज कार्की
सुशीला नेपाल
सूर्य थापा
काशीनाथ अधिकारी
विन्दा पाण्डे
विष्णु रिमाल
भानुभक्त ढकाल
डा. राजन भट्टराई
कर्ण थापा
खिमलाल भट्टराई
राधा ज्ञवाली
पद्मा अर्याल
थममाया थापा
गोमा देवकोटा
सुजिता शाक्य
शिवमाया तुम्बाहाङ्फे
सीता पौडेल
दलबहादुर राना
शेरधन राई
गोकुल घर्ती मगर
पार्वत गुरुङ
बलवीरप्रसाद चौधरी
कमलादेवी महतो
जगदीशप्रसाद कुसियत
योगनारायण यादव
बोमबहादुर विक
गुरु बराल
देवराज घिमिरे
कृष्णगोपाल श्रेष्ठ
जया घिमिरे
विजय सुब्बा
मनबहादुर जिसी
नारदमुनी राना
जुली महतो
मञ्जु चौधरी
शान्ता चौधरी
हरि राजवंशी
लालबाबु यादव
रघुवीर महासेठ
रामदयाल मण्डल
हरिनारायण महतो
वैजनाथ चौधरी
शेरबहादुर तामाङ
प्रेम आले
जगत विक
भगवत विश्वास नेपाली
ईश्वरी रिजाल
एकराज विक
नजिर मियाँ
सिराज महमद फारुकी
लालबहादुर थापा
हिक्मत कार्की
लीला गिरी
मायानाथ अधिकारी
खेममान खड्का
यामलाल कँडेल
गोरख बोगटी
महेश्वर पाठक
गणेशसिंह ठगुन्ना
माधव ढुंगेल
किशोर अधिकारी
खेमप्रसाद लोहनी
निरुदेवी पाल
सीता सुन्दास
मन केसी
विना श्रेष्ठ
भगवती चौधरी
गोविन्दबहादुर नेपाली
पूर्णसिंह दयाल
तिलबहादुर विक
तैयब हुसैन
मोहन बानियाँ
तिलक महत
रामशरण बस्नेत
भूपेन्द्र थापा
गुलाबजंग शाह
लक्ष्मी पोखरेल
हंसराज शाही
भैरबहादुर सिंह
विशाल भट्टराई
महेश बस्नेत
नरुलाल चौधरी
डोरमणि पौडेल
राजेन्द्र गौतम
आनन्द पोखरेल
कैलाश ढुंगेल
रामेश्वर फुँयाल
कृष्ण राई
विनोद ढकाल
गौरी ओली
आइन्द्र सुन्दर नेम्वाङ
चन्द्रबहादुर शाही
देवेन्द्र दाहाल
अच्युत मैनाली
देवी ज्ञवाली
रामेश्वर राना
विनोद श्रेष्ठ
एकबहादुर राना
भीम कार्की
बद्री न्यौपाने
खगराज अधिकारी
बिमला घिमिरे
प्रमोद नारायण यादव
लक्ष्मण ज्ञवाली
जम्मा : १२०

माधवकुमार नेपाल
झलनाथ खनाल
माधवकुमार नेपाल
अष्टलक्ष्मी शाक्य,
युवराज ज्ञवाली
भीम रावल
घनश्याम भुसाल
भीम आचार्य
गोकर्ण विष्ट
योगेश भट्टराई
मुकुन्द न्यौपाने
सुरेन्द्र पाण्डे

केन्द्रीय अनुशासन आयोग अध्यक्ष : अमृत बोहोरा
प्रदीप नेपाल
अरुण नेपाल
राजेन्द्र पाण्डे
टंक कार्की
डा. विजय पौडेल
प्रकाश ज्वाला
पर्शुमेघी गुरुङ
वेदुराम भुसाल
रघुजी पन्त
गंगालाल तुलाधर
राजेन्द्रकुमार राई
ठाकुर गैरे
तुलबहादुर गुरुङ
सोमप्रसाद पाण्डे
नागेन्द्र चौधरी
रामकुमार झाँक्री
गरिमा शाह
गौरा प्रसाई कोइराला
श्रीमाया थकाली
जयन्ती राई
सावित्रा भुसाल
रामप्रित पासवान
घनेन्द्र बस्नेत
केदार न्यौपाने
खगेन्द्र चुडाल
झपड रावल
महमद फारुन
सरोज यादव
सुधीर साह
सरला यादव
गंगा यादव
धर्मानाथ साह
यदुवंश झा
श्रीप्रसाद साह
रामचन्द्र यादव
रवीन्द्र बैठा
रामचन्द्र साह तेली
रत्नेश्वर गोइत
यज्ञराज सुनुवार
शत्रुधन महतो
बलदेव चौधरी
मो. महफुज अन्सारी
चूडामणि जंगली
विश्वनाथ प्याकुरेल
विजय घिमिरे
जगन्नाथ खतिवडा
लक्ष्मण पौडेल
पशुपति चौलागाई
जीवनराम श्रेष्ठ
विरोध खतिवडा
राजन राई
शेरबहादुर केसी
राजबहादुर बुढा
प्रकाश शाह
रचना खड्का
नीरा जैरु
कमलजंग राई दनुवार
सुरेन्द्र मानन्धर
हरिबहादुर राई
प्रतापलाल श्रेष्ठ
मेटमणि चौधरी
रामरति राम
प्रेमल खनाल
दिनेश राई
रविन कोइराल
धर्मराज निरौला
गणेश पहाडी
माधव अर्याल
सोम मिश्र
कृष्ण खनाल
रामकुमार ज्ञवाली
कल्याणी खड्का
प्रमेश हमाल
देवशंकर पौडेल
भास्कर काफ्ले
भैरवसुन्दर श्रेष्ठ
विक्रम शाही
विष्णु रिजाल
तिलकुमार मेयाङ्बो
बलराम बास्कोटा
केशवलाल श्रेष्ठ
वसन्त मानन्धर
निरज आचार्य
रवीन्द्र अधिकारी पूर्वनवलपरासी
महेश रेग्मी
भानुभक्त जोशी
दिलु पन्त
नरेश खरेल
श्रीनाथ बराल
गोविन्दबहादुर शाह
शारदा सुवेदी
देउमान सम्बाहाम्फे

जम्मा : १ सय ३

नखुलेका २
लालबाबु पण्डित
लीला भण्डारी

वामदेव २
वामदेव गौतम
हरि पराजुली  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .