ad ad

राजनीति


गृह जिल्लाबाट ओलीको चुनौती : सक्छौ भने मलाई प्रधानमन्त्रीबाट हटाएर देखाऊ

गृह जिल्लाबाट ओलीको चुनौती : सक्छौ भने मलाई प्रधानमन्त्रीबाट हटाएर देखाऊ

नेपालखबर
फागुन १८, २०७७ मंगलबार १०:३६,

प्रधानमन्त्री केपी ओलीले आफूलाई पदबाट हटाएर देखाउन चुनौती दिएका छन्।

मंगलबार गृहजिल्ला झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन कार्यक्रममा आफूहलाई हटाउन सजिलो नभएको बताए। उनले अहिले आफूलाइृ हटाए पनि डेढ वर्षपछि हुने चुनावबाट दुई तिहाइ ल्याएर सिंहदरबार फर्कने बताएका छन्।

‘मलाई हटाउन सक्छौ भने हटाउ भनेकै छु, खुशी साथ हट्छु। तर, मलाई हटाउन सजिलो छैन’, उनले भने, ‘अहिल्यै भन्दिन चाहन्छु, डेढ दुई वर्षपछि चुनाव हुन्छ। त्यसमा दुई तिहाइका साथ जितेर सिंहदरबार फर्किन्छु।’

प्रधानमन्त्री ओलीले आफूले अदालतको फैसलाको सम्मान र कार्यान्वयन गर्ने बताए। उनले आफू अदालतमा मुद्दा हाल्न नगएको बताउँदै अदालतको आदेश पालना गर्न तयार रहेको बताए।

उनले आफू नेतृत्वको सरकार नेपाली जनताको कम्फर्टेबलका लागि भएको बताउँदै अरुका लागि आफूले केही नसोचेको बताए।

‘नेपाली जनतालाई सजिलो हुने सरकार चाहियो । जनतालाई रोजगारी दिने, अवास दिने, खानेपानी दिने, विद्यालय दिने, पाठ्यपुस्तक दिने सरकार चाहियो’, प्रधानमन्त्री ओलीले भने, ‘यो सरकार त्यस्तै छ। यो सरकार जनताका लागि कम्फर्टेकल छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .