चीन सरकारले बीबीसी वर्ल्ड सर्भिस टेलिभिजनलाई आफ्नो देशभित्र प्रसारण गर्न प्रतिबन्ध लगाएको छ।
बीबीसीले अनुचित र असत्य पत्रकारिता गरेको चीनको आरोप छ।
हालैका महिनामा चीनले बीबीसीले प्रसारण गरेका कोरोना भाइरस महामारी र सिनजियाङमा उइगर मुसलमानलाई शोषणसम्बन्धी रिपोर्टविरुद्ध चीनले आलोचना गरेको थियो।
बेलायतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी चीनमा इन्टरनेट र सञ्चारमाध्यममा सबैभन्दा कडा प्रतिबन्ध लगाइएको भनेको छ।
बेलायतले आफ्नो बयानमा भनेको छ- ‘चीनको यो निर्णयले विश्वसामु उसको प्रतिष्ठा घटाउनेछ।’
गत हप्ता मात्र बेलायतको सञ्चार नियामक अफकमले चीनको सरकारी नियन्त्रणमा रहेको च्यानल सीटीजीएनको प्रसारण लाइसेन्स खारेज गरेको थियो।
3
Shares
प्रतिक्रिया