ad ad

राजनीति


रामकुमारी पक्राउ घटनाबाट ओली तीब्ररुपमा ओरालो लागेको देखियोः घनश्याम भुसाल

रामकुमारी पक्राउ घटनाबाट ओली तीब्ररुपमा ओरालो लागेको देखियोः घनश्याम भुसाल

नेपालखबर
माघ २९, २०७७ बिहिबार ११:१४,

नेकपा नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीको तीब्ररुपमा पतन सुरु भएको बताएका छन्।

नेकपाका स्थायी समिति सदस्य भुसालले आज बिहीबार सरकारले गरेको नेकपा नेतृ रामकुमारी झाँक्रीको गिरफ्तारीको घट्नाले ओली तीब्र गतिमा ओरालो लागेको देखिने बताएका छन्।

‘रामकुमारी झाँक्री पक्राउ परेको ठाँउमा उभिएर हेर्दा प्रधानमन्त्री केपी ओली तीब्र गतिमा ओरालो लागेको देखिन्छ,’ भुसालले सामाजिक सञ्जालमा लेखेका छन्।

प्रहरीले झाँक्रीलाई बिहीबार बिहान शंखमुलस्थित उनकै निवासबाट पक्राउ गरी अपराध महाशाखा बानेश्वरमा राखेको छ।

झाँक्रीलाई राज्यविरुद्धको कसुरको दफा ५८ अनुसार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनले केहि दिनपहिले गोरखामा भाषण गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोप लगाइएको छ।

यो पनि:

रामकुमारी झाँक्रीलाई पक्राउका लागि निवास परिसरभित्रै छिर्‍यो प्रहरी

- रामकुमारीलाई पक्राउ गर्न प्रहरी पुगेपछि निवासबाहिर नारावाजी (भिडिओ)

रामकुमारीलाई पक्राउ गर्न प्रहरी पुगेपछि निवासबाहिर देखिएको दृश्य (तस्बिरहरु)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .