पाकिस्तानले भारतसँग वार्ताको प्रस्ताव राखेको छ।
कस्मिर एकता दिवसका अवसरमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष वार्ताको प्रस्ताव राखेका हुन्।
प्रधानमन्त्री खानले भारतले कस्मिर विवाद सुल्झाउन इमान्दारिता देखाए संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको प्रस्तावअनुसार आफू दुई कदम अघि बढ्न तयार रहेको बताए।
साथै सामाजिक सञ्जालमार्फत उनले स्थिरता र शान्तिको चाहानालाई कमजोरी नठान्न पनि उनले आग्रह गरेका छन्।
‘म यो कुरा दोहोर्याउन चाहान्छु- कस्मिरीको आत्मनिर्णयको अधिकारका लागि पाकिस्तान अडिग छ। हामी कस्मिरमा शान्ति स्थापना र कस्मिरी जनताको चाहना पूरा गर्न तयार छौं।’
पाकिस्तानी प्रधानमन्त्री खानले भारतसँग पहिलोपटक वार्ताको प्रस्ताव राखेका भने होइनन्। यसअघि पनि उनले वार्ताका प्रस्ताव राखेका छन्।
पाकिस्तानले हरेक वर्ष फेब्रुअरी ५ का दिन कस्मिर एकता दिवस मनाउँछ। जुन दिन त्यहाँ सार्वजनिक बिदासमेत दिइन्छ। एजेन्सी
प्रतिक्रिया