ad ad

राजनीति


ट्रम्पलाई बदला लिने धम्की दिएपछि इरानका सर्वाेच्च नेताको ट्विटर अकाउन्ट बन्द

ट्रम्पलाई बदला लिने धम्की दिएपछि इरानका सर्वाेच्च नेताको ट्विटर अकाउन्ट बन्द

नेपालखबर
माघ ९, २०७७ शुक्रबार २३:१४,

इरानका सर्वोच्च नेता आयातुल्लाह खामेनीले शुक्रबार गरेकाे एक ट्विटले विवाद सिर्जना गरेको छ।

उनले ट्विटरमा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पप्रति कटाक्ष गर्दै इरानी सैन्य कमान्डर जनरल कासिम सुलेमानीको हत्याको बदला लिएरै छाड्ने बताएका थिए।

ट्विटमा खामेनीले एउटा तस्बिर राखेका छन्, जसमा ट्रम्पको अनुहारसँग मिल्दोजुल्दो एक व्यक्ति लडाकु विमान वा ड्रोनको छायामा गल्फ खेलिरहेको देखिन्छ।

उक्त ट्विटपछि ट्विटरले खामेनीको ट्विटर अकाउन्ट नै बन्द गरिदिएको छ। खामेनीले फारसी भाषामा ट्विट गर्दै लेखेका थिए, ‘बदला लिन बाध्य छ।’ उनले बदला शब्द रातो अक्षरमा लेखेका थिए। उनले अगाडि लेखेका थिए, ‘सुलेमानीका हत्यारा र उनको हत्या गर्नेले यसको मूल्य तिर्नुपर्नेछ।’

जनरल सुलेमानीको नेतृत्वमा इरानले इराक र सिरयाका थुप्रै समूहलाई सहयोग पुर्‍याउँदै आफ्नो स्थिति बलियो पारेको थियो।

एक वर्षअघि बग्दादमा सुलेमानीको हत्या भएको थियो। उक्त हत्या अमेरिकी सैनिकको ड्रोन हमलामा भएको थियो। त्यसबेला अमेरिकाका तत्कालीन राष्ट्रपति ट्रम्पले सुलेमानी लाखौं व्यक्तिको हत्यामा जिम्मेवार रहेको दाबी गरेका थिए।

सुलेमानी मारिएलगत्तै इरानले त्यसको बदलामा इराकको अमेरिकी एयरबेसमा केही मिसाइल हानेको थियो। त्यसबेला पनि खामेनीले अपराधीहरुलाई कडा सजाय दिने उद्घोष गरेका थिए। अहिले खामेनीले गरेको ट्विटमाथि धेरै मानिसले आपत्ति जनाउँदै उनकाे टि्वट अकाउन्ट बन्द गर्न माग गरेका थिए।

यसअघि ट्विटरले ट्रम्पकाे टि्वटर अकाउन्ट सधैँका लागि बन्द गराइसकेकाे छ। अमेरिकी संसदमा यही जुन ६ मा हिंसात्मक आक्रमण भएपछि ट्रम्पले हिंसा भड्काउने कुरा लेखेको आरोप ट्विटरले लगाइएको थियो।

तर अहिले इरानका सर्वाेच्च नेता  खामेनीको अकाउन्ट बन्द गरेका विषयमा ट्विटरले कुनै प्रतिक्रिया दिइसकेको छैन। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .