ad ad

राजनीति


अब ओलीसँग सहकार्य हुँदैन, सबै प्रष्ट भए हुन्छ : माधव नेपाल

अब ओलीसँग सहकार्य हुँदैन, सबै प्रष्ट भए हुन्छ : माधव नेपाल

नेपालखबर
माघ ९, २०७७ शुक्रबार ९:३४,

आन्दोलनरत् नेकपाका अध्यक्ष माधवकुमार नेपालले अब प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै सहकार्य र एकता हुननसक्ने बताएका छन्।

‘यिनीहरु फेरि मिल्ने हुन् कि भन्ने शंका कसैले नराखे हुन्छ,’ सो पार्टीले शुक्रबार राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपालले भने, ‘अब उनीसँग कुनै सहकार्य हुनै सक्दैन, सबैजना प्रष्ट भए हुन्छ।’

तर ओलीले माफी मागे उनलाई माफी दिने उनले दाबी गरे।

ओलीलाई पार्टी विधान र अनुशासनको उल्लंघन गर्ने भनी सोधेको स्पष्टीकरणको जवाफ अझै नआएको उनले बताए।

उनलाई आफूहरुले कारबाही गर्ने तयारी रहेको बताए।

‘तर माफी माग्छन्, संसद विघटन गर्नु गल्ति भयो म पनि जुलुसमा आउछु भन्छन भने माफी दिनसकिन्छ,’ नेपालले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .