ad ad

राजनीति


प्रचण्ड–नेपाललाई पौडेलको आग्रह : निर्वाचनमा गएर जनताको फैसलालाई स्वीकार गर्ने आँट गर्नुहोस्

प्रचण्ड–नेपाललाई पौडेलको आग्रह : निर्वाचनमा गएर जनताको फैसलालाई स्वीकार गर्ने आँट गर्नुहोस्

नेपालखबर
माघ ८, २०७७ बिहिबार ८:४,

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले निर्वाचन भएरै छाड्ने दावी गरेका छन्।

बिहीबार प्रेस संगठन नेपालको भेलालाई सम्बोधन गर्दै उनले निर्वाचन आयोग, सुरक्षा निकाय र सबै राजनीतिक दलहरु निर्वाचनका लागि तयार रहेको उनले बताए।

‘दलहरु निर्वाचनमा जान तयार छन्, निर्वाचन आयोग निर्वाचन सम्पन्न गराउनका निम्ति तयार छ, सुरक्षा निकाय सुरक्षा प्रदान गर्न तयार छन्’, उनले भने, ‘सरकारले निर्वाचनका दलागि आवश्यक पर्ने बजेटको व्यवस्था गर्न तयार छ भने निर्वाचन हुँदैन कसरी?, निर्वाचन रोक्छ कसले’

उनले वैशाखमा निर्वाचन भएरै छाढ्ने दावी गरे। ‘आगामी वैशाखको १७ र २७ गते निर्वाचन भएरै छाड्छ, हामी ताजा जनादेशका आधारमा नयाँ जनप्रतिनिधि संस्थाको निर्माण गरेर छाड्छौँ। मुलुकलाई अगाडि लैजान्छौँ’, उनले भने।

महासचिव पौडेलले निर्वाचन रोक्ने धन्दामा नलागि निर्वाचनमा गएर जनताको फैसला स्वीकार गर्न नेकपाको प्रचण्ड–नेपाल समूहलाई आग्रह समेत गरे। उनले निर्वाचन हुँदैन भन्ने भ्रम र भय सिर्जना नगर्न समेत आग्रह गरे।

उनले केही व्यक्तिहरुले निर्वाचन आयोगलाई निर्वाचनको तयारी नगर्न धम्की दिएको उनले यस प्रकारको हास्यास्पद गतिविधि नगर्न आग्रह गरे।

‘ती साथीहरुलाई म निर्वाचन र निर्वाचनको सम्भावित परिणामबाट तर्सिएर निर्वाचन रोक्ने धन्दामा लाग्ने होइन, जनताका माझमा जाने, जनताको परीक्षामा सामेल हुने, जनताले दिएको फैसला र निर्णयलाई मन्जुर गरेर अगाडि बढ्ने आँट गर्नुहोस्’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .