प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले संविधानको खिल्ली उडाएर संवैधानिक परिषद ऐन संशोधनका लागि अध्यादेश ल्याएको आरोप लगाएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मगंलबार अध्यादेश जारी गरेकी हुन्।
‘संसद बन्द गर्ने अनि संविधानको व्यवस्थाको खिल्ली उडाउने प्रावधान राखेर राष्ट्रपतिसँगको साँठगाँठमा अध्यादेश जारी गर्ने,’ सांसद थापाले ट्विटरमा लेखेका छन्, ‘सरकारको यो असंवैधानिक र निरंकुश कदमलाई असफल बनाएरै छाड्नेछौं। सडक र सदनको बलबाट। जनताको साथ र शक्तिबाट।’

प्रतिक्रिया